भीमसेन पौडेल
६ चैत, हेटौडा । हेटौँडा रेन्जपोष्ट महासंघको नियमित बैठक आईतवार सम्पन्न भएको छ । हेटौडा–१५ मा रहेको संसारेमाई सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा बैठक सम्पन्न भएको हो ।
बैठकमा विभिन्न सामुदायिक वन समूहले गरेका कामहरु, आईपरेका समस्या र समाधान, अनुभव आदानप्रदान, महासंघको नाममा बैंकमा खाता सञ्चालन गर्ने लगायतका विषयहरुमा छलफल गरिएको थियो । बैठकले महासंघमा आवद्ध पदाधिकारीहरुको क्षमता अभिवृद्धि गर्न चैत्र २३ गते हेटौडामा एक दिने तालिम सञ्चालन गर्ने निर्णय समेत गरेको महासंघकी महासचिव आरती पाठकले जानकारी दिईन् ।
महासंघले यस अघि देशका विभिन्न जिल्लामा रहेका सामुदायिक वन समूहले गरेका गतिविधीहरुको बारेमा जानकारी लिन ४ दिने अवलोकन भ्रमण गरिसकेको छ । बैठकमा संसारेमाई सामुदायिक वनका अध्यक्ष गणेशबहादुर मोक्तान, सुन्दर सामुदायिक वनका अध्यक्ष कमल लामा, न्यूरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष ज्ञान बहादुर क्षेत्री, रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेल लगायतले आगामी दिनमा महासंघले गर्नु पर्ने कार्यहरुको बारेमा जानकारी गराएका थिए ।
बैठक सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरकी अध्यक्ष पञ्चमाया स्याङतानको प्रमुख आतिथ्यता एवम् रेन्जपोष्ट महासंघका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीको अध्यक्षतामा भएको थियो । बैठकमा हेटौँडा रेन्जपोष्टमा आवद्ध सामुदायिक वनका अध्यक्ष एवम प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । प्रहरीले बाँकेबाट पाँच लाख रूपैयाँसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...


















