२१ फागुन, हेटौंडा । कान्ति लोकपथ अन्तर्गत मकवानपुर गढी गाउँपालिका वडा नम्बर २ जितपुर भञ्ज्याङबाट बेहुलाबेलुही लिएर फर्कदै गरेको बस साँझ ६:१७ मा बरभञ्ज्याङ आईपुगेको थियो । बस बरभञ्ज्याङबाट अघि बढ्दै थियो । बसले अस्वभाविक गति लिंदै दायाँ बायाँ गर्न थाल्यो ।
ना ३ ख ३५५६ नम्बरको बसको छतदेखि भित्रसम्म खचाखच जन्ती थिए । नाचगान पनि हुँदै थियो । चालकले ब्रेक फेल भएको संकेत गरे । सुकौरातर्फ मोडिनुपर्ने बस गैरीभञ्ज्याङमा सिधै गएर भित्तामा गएर ठोक्किएर सडकमा पल्टियो । तिब्र गतिमा गुडिरहेको बस ठोक्किएर पल्टदा बसको छतमा रहेका जन्ती उछिटिएर सडकमा बजारिए । त्यसमध्ये एकजनाको घटनास्थलमै मृत्यु भयो । त्यस्तै, बसभित्र रहेका २ जनाको च्यापिएर घटनास्थलमै मृत्यु भएको थियो ।
दुर्घटनामा ५२ जना घाइते भएका छन्, जसमा १८ जना महिला र ३४ जना पुरुष रहेका थिए । दुर्घटनामा घाइते भएकामा ४ जनाको अवस्था गम्भिर, २२ जनाको मध्यम र २६ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते मध्ये २८ जनाको हेटौंडा अस्पतालमा र बाँकीको चुरेहिल अस्पतालमा उपचार भईरहेकोमा ३ जना चितवन रिफर भएका छन् । बसलाई जेसिबीको प्रयोग गरी सडकबाट साईड लगाईएको छ । घाइतेहरुको हेटौंडामा उपचार भईरहेको छ भने शव हेटौंडा अस्पतालको शवगृहमा राखिएको छ । (घाइते र स्थानीयसंगको कुराकानीको आधारमा)
यो पनि पढ्नुस्
शिखरकटेरीमा दुर्घटना : २ जनाको पहिचान खुल्यो
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

















-nepal-1793665142.jpg)
