Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

के तापक्रम बढ्दै जाँदा कोरोनाको संक्रमण कम हुन्छ ? 

GettyImages-628925650-cus-1583457955.jpg

२३ फागुन, हेटौंडा । रोगविज्ञानका प्रोफेसर जोन नोकोलसले यस्ता भाइरसलाई चिसो मौसम, आद्रता र सूर्यको प्रकाश मन नपर्ने तर्क गरेका छन् ।
चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरसले सिंगो विश्वलाई नै त्रसित बनाएको छ । भाइरसको संक्रमणका कारण विश्व अर्थतन्त्र नै थिलथिलो हुने स्थिति सिर्जना भएको छ । 
तीन हजार दुई सयभन्दा बढी मानिसको मृत्यु र करिब ९५ हजार मानिस संक्रमित पारेको कोरोना भाइरसको संक्रमण विश्वभरका ८४ मुलुकमा फैलिइसकेको छ । 
यो भाइरस कसरी र केबाट र्सयो भन्ने अहिलेसम्म कुनै यथेष्ट प्रमाण र पुष्टि भएको छैन भने यसविरुद्धको कुनै औषधी पनि बनिसकेको छैन । यसका लागि चिकित्सकहरुले रोगको लक्षण अनुसारको उपचार र औषधी दिइरहेका छन् । 
यसबाट कोरोनाको संक्रमण पुष्टि भएका केही मानिसहरुलाई सञ्चो भएर घर फर्काइएको छ । तर, जापानमा भने कोरोनाको संक्रमण देखिएकी एक महिलाको उपचारपछि घर फर्काइएकोमा फेरि जाँच गर्दा कोरोना देखिएको जापानको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो । 
वैज्ञानिकहरु कोरोनाविरुद्धको औषधि र भ्याक्सिन बनाउने दौडमा छन् । तर, पनि हालसम्म यही नै भ्याक्सिन भनेर निष्कर्षमा पुगिसकेका छैनन् । 
ग्लोबल टाइम्सले चिनियाँ सैन्य अनुसन्धान टोलीले यसको भ्याक्सिन बनाउने काममा ’ब्रेक थ्रु’ र उल्लेख्य प्रगति भएको उल्लेख गरेको छ । तर, भ्याक्सिनले पूर्णता भने पाइसकेको छैन । 
कोरोना भाइरसको संक्रमण विभिन्न श्वासप्रश्वासका रोग तथा मधुमेहका रोगी र ८० वर्ष उमेरभन्दा माथिका मानिसहरुलाई उच्च जोखिम हुने बीबीसीले गरेको एक विश्लेषणले उल्लेख गरेको छ । ४० देखि ८० वर्षका मानिस पनि कोरोनाको जोखिममा रहेको जनाएको थियो । 
त्यसैगरी गर्मी मौसममा यसको संक्रमण नहुने अथवा कम हुने भन्नेजस्ता ’हल्ला’ हरु पनि आइरहेका छन् । चीनको वुहानमा चिसो भएका कारण कोरोना संक्रमण बढेको र गर्मी मौसम भएका मुलुकमा यसको संक्रमण र फैलने दर कम हुने अथवा नहुने भन्ने किसिमका विभिन्न समाचारहरु पनि आइरहेका छन् । 
केही भाइरसको संक्रमणबाट हुने फ्लुहरु चिसो याममा बढी हुने र केही फ्लुहरु गर्मी याममा बढी हुने हुन्छन् । चिसोमा हुने संक्रमण गर्मीमा हुँदैन, किनकि ती भाइरसहरु तापक्रममा कारण बाँच्न र फैलन सक्दैनन् । तर, कोरोनाको संक्रमण कुन मौसममा बढी हुन्छ भन्ने अहिलेसम्म निर्क्योल भइसकेको छैन । 
वैज्ञानिकहरुले नोभेल कोरोना अर्थात् कोभिड(१९ कुन मौसम अथवा कति तापक्रममा संक्रमण हुन्छ र फैलिन्छ भन्ने अनुसन्धान गरिरहेको भए पनि कति तापक्रममा हुन्छ भन्ने निश्चित भइसकेको छैन । 
बेलायतको युनिभर्सिटी अफ इस्ट एन्जिलियाका सरुवा रोग विज्ञ पउल हन्टरले यस भाइरसमा पनि अन्य भाइरसमा हुने समानताहरु भएको बताए । 
यस रोगमा अन्य फ्लुको संक्रमणजस्तै रुघा लाग्ने, ज्वरो आउने, श्वासप्रश्वासमा समस्या हुने हुन्छ । जसका कारण यस भाइरसमा अन्य रोगमाजस्तै चिसो मौसम, आद्रता, जाडो मौसममा मानिसको जीवनशैलीले संक्रमण बढ्न सक्ने पउलले बताएका छन् । 
किन फैलिन्छन् जाडो मौसममा स्वासप्रश्वाससम्बन्धी रोग ? 
“जाडो मौसममा श्वासप्रश्वाससम्बन्धी रोगहरु बढी हुने मुख्य कारण चिसो हावाले नाकको प्वाल अथवा श्वासमार्गमा समस्या उत्पन्न गराउँछ, जसले भाइरसको संक्रमण हुने दर बढ्छ,“  बेलायतको युनभर्सिटी अफ रिडिङका सेलुलर माइक्रोबाइलोजी विज्ञ सिमोन क्लार्कले भने । 
चिसो मौसममा मानिसहरु घरभित्रै बढी समय व्यति गर्ने र एकै ठाउँमा झुम्मिने बढी गर्दान पनि संक्रमणको जोखिम बढी हुन्छ । 
कोभिड(१९ सहितका श्वासप्रश्वाससम्बन्धी अधिकांश संक्रमणहरु मानिसहरु हाँछ्यु, खोक्दा पर्ने छिटाहरुबाट बढी सर्छ । श्वासप्रश्वाससम्बनी रोग विज्ञका अनुसार जब हावा चिसो र सुख्खा हुन्छ, त्यस्तो अवस्थामा हाँछ्यु गर्दा निस्किने छिटाहरु तुलनात्मक लामो दूरीसम्म पुग्छन् र धेरै मानिसलाई संक्रमित गर्छन् ।
के गर्मी मौसममा कोरोना कम हुन्छ ?
क्लार्क भन्छन्, “अन्य भाइरल संक्रमणजस्तै यसको संक्रमण पनि कम हुनसक्ने सम्भावना छ । यसले संक्रमणको दर कम गर्न सक्छ । तर, निश्चित भने छैन । यो एक सुझबुझ अनुमान हो ।“ 
गर्मी मौसम सुरु भएसँगै उत्तरी गोलार्द्धमा यसको संक्रमण कम हुँदै जाने उनको अनुमान छ । “के यो फेरि फिर्ता आउँछ कि भन्ने शंकास्पद प्रश्न उब्जिएको छ, उनले थपे, “यदि फेरि चिसो मौसममा यो फर्कियो भने मलाई अचम्म लाग्ने छैन ।“ 
हङकङ विश्वाविद्यालयका रोगविज्ञान प्रोफेसर जोन नोकोलसले यस्ता किसिमका भाइरसलाई चिसो मौसम, आद्रता र सूर्यको प्रकाश मन नपर्ने तर्क गरेका छन् ।
उनले सन् २००२र००३ को चीन र हङकङबाट सुरु भएको सेभर एक्युट रिसपाइरेटोरी सिन्ड्रोम (सार्स) को उदाहरण दिँदै नोभोल कोरोना भाइरस पनि गर्मी लागेसँगै कम हुनसक्ने अनुमान गरेका छन् । तर, कति तापक्रममा यो रहनसक्ने वा गर्मीमा कम हुने निश्चित भने गरेका छैनन् । 
नोभेम्बर २००२ देखि सुरु भएको सार्स भाइरस जुलाई २००३ मा नियन्त्रणमा आएको थियो । चीनसहितका १७ देशमा फैलिएको सार्सबाट ७७४ जनाको मृत्यु भएको थियो । 
चीनको वुहानमा कोरोनाको संक्रमण सुरु हुँदा त्यहाँको तापक्रम ९ देखि ११ डिग्री सेल्सियससम्म थियो भने हाल त्यहाँ १४ देखि १८ डिग्री सेल्सियसम्म हुने गरेको छ । त्यहाँ कोरोना संक्रमणको दरमा केही हदसम्म कमी भने आएको छ । तर, यो तापक्रम बढेकै कारण हो भन्नसक्ने आधार भने अहिलेसम्म पुष्टि भइसकेको छैन । 
२३ डिग्री सेल्सयस रहेको कतारमा पनि कोरोनाको संक्रमण देखिएको छ । इरानबाट फर्किएको एकजनामा कतारमा कोरोनाको संक्रमण देखिएको त्यहाँका सरकारी सञ्चारमाध्यमहरुले पुष्टि गरेका थिए । 
त्यसैगरी हाल पनि १२ डिग्री सेल्सियस रहेको इरानदेखि २५ दखि २८ डिग्री सेल्सियसम्म तापक्रम भएको नाइजेरियामा पनि कोरोनाको संक्रमण देखिएको छ । 
त्यसकारण कोरोना संक्रमण तापक्रम बढ्दैमा कम हुने भन्ने पुष्टि नभएसम्म आधारहिन तर्क हुनसक्ने भन्दै सक्दो सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । ( साभारःबाह्खरी)
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार