Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

दौड प्रतियोगितामा प्रनिता र सविन पहिलो

Running-1583586418.jpg

२४ फागुन, हेटौडा । हेटौंडा–६ चौघडामा भएको ३ किलोमिटर दौड प्रतियोगितामा पुरुषतर्फ सविन गुरुङ र महिला तर्फ प्रनिता पुडासैनी प्रथम भएका छन । पुरुष तर्फ सभाष चौलागाई दोश्रो र शरण थिङ तेश्रो भएका थिए भने महिला तर्फ विनिता भट्टराई दोश्रो र गीता राई तेश्रो भएका थिए । 
१ सय १० औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मदन भण्डारी स्पोटर्स एकेडेमी हेटौडा ६ नंं. वडा कमिटिले आयोजना गरेको प्रतियोगिताका विजयी खेलाडीहरुलाई संविधान सभा मञ्चका अध्यक्ष अनन्तप्रसाद पौडेलले पुस्कार प्रदान गरेका थिए । प्रथम हुने खेलाडीलाई नगद ५ हजार, दोश्रो हुनेलाई ३ हजार र तेश्रो हुनेलाई नगद २ हजार मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
मदन भण्डारी स्पोटर्स एकेडेमी हेटौडा–६ का अध्यक्ष सुमन लामाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौडा उपमहानगरपालिकाकी उपममेयर मीना लामा, हेटौडा–४ का वडा अध्यक्ष एवं मदन भण्डारी स्पोटर्स एकेडेमीका केन्द्रीय सदस्य नविन सिग्देल, हेटौडा उपमहानगरपालिकाकी कार्यपालिका सदस्य कल्पना विक, मदन भण्डारी स्पोटर्स एकेडेमी जिल्ला अध्यक्ष निरजसिंह ठकुरी, कार्यक्रम संयोजक मनोज चौलागाई, नेकपाका पार्टी प्रतिनिधी लगायतको सहभागिता थियो । 
दौड प्रतियोगितामा करीब १ सय खेलाडीहरुको सहभागिता थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

थप समाचार