Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडाका अर्यालले दिए पत्रकार महासंघ सिन्धुलीलाई एकथान कम्प्युटर

FB_IMG_1583592756947-1583593287.jpg

२४फागुन,हेटौंडा।युवा उद्यमी तथा उद्योग संघ मकवानपुरका सदस्य बुद्धराज अर्यालले नेपाल पत्रकार महासंघ सिन्धुली शाखालाई १ थान कम्प्यूटर सहयोग गरेका छन् ।

शनिबार पत्रकार महासंघ सिन्धुली शाखाले आयोजना गरेको एक कार्यक्रममा उहाँले कम्प्यूटर हस्तान्तरण गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथि एवं कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्री र विशिष्ट अतिथि बुद्धराज अर्यालले महासंघका अध्यक्ष राजन कार्कीलाई कम्प्यूटर हस्तान्तरण गरिएको छ।

कम्प्यूटर हस्तान्तरण पश्चात युवा व्यवसायी अर्यालले सिन्धुलीको समग्र पत्रकारिता क्षेत्रको विकासका लागि सहयोग गर्ने अवसर मिल्यो, निकै खुशी लागेको बताए।उनले सञ्चार क्षेत्रमा स्रोत साधन जति धेरै भयो त्यतिनै पत्रकारिता क्षेत्र सबल र मजबुत हुने धारणा व्यक्त गरेका थिए । उहाँले आफु सामाजिक काममा सक्रिय रहँदै आएको स्मरण गर्दै आगामी दिनहरुमा पनि सञ्चार क्षेत्रको विकासका लागि लागिपर्ने बताए।त्यसैगरी कार्यक्रममा बोल्दै पत्रकार महासंघ बागमती प्रदेशका सल्लाहकार गिरिजा अधिकारीले प्रदेशका विभिन्न शाखाहरुलाई मजबुत बनाउन पहल गर्दै गर्दा युवा व्यवसायी अर्यालले आफ्नो अभियानमा सहयोग पुर्याएको भन्दै अर्यालप्रति आभार व्यक्त गरेका थिए।अर्यालले प्रदेशका अन्य शाखाहरुसंग पनि आफु निरन्तर सम्पर्कमा रहेर पत्रकारहरुको शुख दुखको साथी भइरहेको बताए।

पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष राजन कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रमा सिन्धुली शाखाका संस्थापक अध्यक्ष शेषराज दाहाल, पूर्व अध्यक्षहरु, महासंघका पदाधिकारीहरु, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार