Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

आज रंगहरुको पर्व होली,  होलीमा कोरोनाका संत्रास

Holi-1519869211-1583716684.jpg

२६ फागुन, हेटौंडा । आज फागुन शुक्ल पूर्णिमा, हिमाली तथा पहाडी जिल्लामा फागु अर्थात् होली पर्व मनाइँदैछ । 
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । 
फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ ।
त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।   
त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ । 
तराईमा भने मङ्गलबार होली मनाइँदै छ ।
तर यसबर्षको होलीमा कोरोनाको जोखिम बढेकाले यसपालि अघिल्ला वर्षहरु जस्तो होलीको रौनक छैन । 
ठूला सभा समारोह, भेला तथा कार्यक्रम गर्न रोक लगाएको सरकारले सामुहिक रुपमा होली नखेल्न, भीडभाड गर्ने तथा लोला पानी हाल्ने काम नगर्न सबैसँग अनुरोध गरेको छ । 
गृह मन्त्रालयले सूचना निकालेर लोलापानी फ्याँक्ने, रंग तथा अबिर दल्ने काम जोखिमपूर्ण हुने हुँदा यस्ता गतिबिधि नगर्न अनुरोध गरेको छ ।
नेपालमा अहिलेसम्म कोरोनाको प्रभाव नदेखिए पनि विश्व स्वास्थ्य सङ्गठनले उच्च जोखिममा राखेकाले सतर्कता अपनाउन बागमती प्रदेश सरकार जिल्ला प्रशासन मकवानपुरले गरेको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार