Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

प्रदेश २ का मूख्यमन्त्री राउत ‘महामूर्ख’

Maha-Murkha-1583806927.jpg

२७ फागुन, जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउतलाई यस वर्षको ‘महामूर्ख’ घोषणा गरिएकोे छ । मिथिला नाट्यकला परिषदद्वारा  सोमबार आयोजित महामूर्ख सम्मेलनले राउतलाई महामूर्ख घोषणा गर्दै उपाधि प्रदान गरेको हो । 
अध्यक्ष परमेश झा, गत वर्षका महामुर्खको विजेता वृषेशचन्द्र लाल, जानकी मन्दिरका छोटे महन्त रामरोशन दास वैष्णवलगायतले तरकारीको माला, कागजबाट निर्माण गरिएको कलात्मक टोपी र प्रशस्तीपत्र प्रदान गरेर महामूर्ख घोषणा गरेका थिए । समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराई, काँग्रेसका उपसभापति विमलेन्द्र निधि र राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरलगायत मध्येबाट राउतले  महामूर्खको उपाधि प्राप्त गरेका हुन् ।
प्रदेश २ सांसदहरु परमेश्वर साहलाई भभकौवा, रामाशीष यादवलाई हराशंख, मनिष सुमनलाई पट्टमूर्ख, रामचन्द्र मण्डललाई सिलौटशंकर र जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रीताकुमारी मिश्रलाई टुनमुसरीको उपाधि दिइएको छ । यस्तै बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का कार्यकारी निर्देशक बलराम ठाकुरलाई खेसारीलाल, महोतरी पिपरा गाउँपालिकाका प्रमुख विक्रम चौधरीलाई खापसूरत, साहित्यकार रोशन जनकपुरीलाई बलगोवना, कवियित्री पुनम झा मैथिललाई अदलबदली, शंकटमोचन देवशरण रामरति उच्च माविका प्रधानाध्यापक बलराम साहलाई बज्रकीटको उपाधि दिइएको छ ।
मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीलाई घरघूसना, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रलाई लोढाशंकर तथा युवा अभियन्ता सुशील कर्णलाई वंश कुरहरिको उपाधि प्रदान गरिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार