Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

फकाएर मृगौला बेच्ने गिरोह सक्रिय

Kidney-1490110175.jpg

८ चैत, हेटौँडा । नेपालमा पछिल्लो समय प्रलोभनमा पारी मृगौला बेचबिखन गर्ने गिरोह सक्रिय रहेको हेटौँडामा मंगलबार भएको कार्यक्रममा जानकारी दिइएको छ । त्यस्तो गिरोहको सञ्जाल देशभर फैलिएको भन्दै यसबाट बच्न सुझाव समेत दिईएको छ । 
मृगौला बेचबिखनबारे अध्ययन गरिरहेको जनअधिकार संरक्षण (पिपिआर) नेपालले गरको ‘नेपालमा मृगौला बेचबिखन’ विषयक संचारकर्मीसँगको अन्तरक्रियामा आप्mनो अध्ययनको निष्कर्ष सुनाउँदै आर्थिक लोभमा पारेर सोझासाझाको मृगौला बेचबिखनमा गिरोह सक्रिय रहेको बताए । कार्यक्रममा सतिश शर्माले काभ्रेमा गरेको अध्ययनबाट आर्थिक रुपमा विपन्न, शिक्षा र ज्ञानको अभाव रहेका व्यक्ति वा समुदायलाई आर्थिक प्रलोभनमा पारी मृगौला बेच्ने गरेको बताए । 
उनले त्यस्ता व्यक्तिलाई फकाएर भारतको चेन्नाई, चण्डीगढ, नयाँ दिल्ली लगायतका शहरमा पुर्याएर वा नेपालमै पनि मृगौला झिकेर अलपत्र बनाउने गरेको बताए । गिरोहले सबैभन्दा बढि काँकडभिट्टा र भैरहवाको बाटो प्रयोग गरेपनि बीरगंज र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पनि प्रयोग गर्ने गरेको अध्ययनले देखाएको उनले बताए । दलालले देखाएको लोभमा परि मृगौला बेचेका अधिकांश पीडितले भनेजति रकम नपाउने र उनीहरुमा स्वास्थ्य समस्या आएको आप्mनो अध्ययनले देखाएको उनको जानकारी दिए । 
दलालको लोभमा परी मृगौला बेचिएका पीडित मकवानपुरमा पनि रहेको भन्दै यो काम गैरकानूनी रहेको भन्नेबारेमा सचेतना अभिबृद्धि गर्नु जरुरी रहेको अधिवक्ता समेत रहेका मुकुन्द अधिकारीले बताए । जथाभावी मृगौला प्रत्यारोपण गर्दा पीडितमा स्वास्थ्य समस्या आउनेबारे समेत धेरैलाई अनविज्ञता रहेको उनले बताए । ललाईफकाई मृगौला बेचबिखन आर्थिक र जेलसजाय समेत हुने बारेमा समेत जानकारी दिनु जरुरी रहेको बताए । मृगौला पुनः पलाउने जस्ता गलत कुरामा पीडितलाई विश्वस्त पार्ने काम गिरोहले गर्ने गरेको भन्दै यस्तो गलत कुरामा नपर्न उनले सुझाव दिए ।
अर्का अधिवक्ता ईश्वरी अधिकारीले मृगौला बेचबिखनमा संलग्न पिडक र मतियारलाई भएका कानूनी कारवाहीको बारेमा जानकारी दिएका थिए । उनले संचारमाध्यमले मृगौलाबारेमा रहेका भ्रम चिर्नका लागि महत्वपूर्ण भुमिका खेल्न सक्ने भएकाले अन्जानमा हुने मृगौलाको बेचबिखन रोक्न सहकार्यको आवश्यकता औल्याए । कार्यक्रममा मकवानपुरका छापा, विद्युतिय, अनलाईमा कार्यरत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

थप समाचार