८ चैत, हेटौँडा । नेपालमा पछिल्लो समय प्रलोभनमा पारी मृगौला बेचबिखन गर्ने गिरोह सक्रिय रहेको हेटौँडामा मंगलबार भएको कार्यक्रममा जानकारी दिइएको छ । त्यस्तो गिरोहको सञ्जाल देशभर फैलिएको भन्दै यसबाट बच्न सुझाव समेत दिईएको छ ।
मृगौला बेचबिखनबारे अध्ययन गरिरहेको जनअधिकार संरक्षण (पिपिआर) नेपालले गरको ‘नेपालमा मृगौला बेचबिखन’ विषयक संचारकर्मीसँगको अन्तरक्रियामा आप्mनो अध्ययनको निष्कर्ष सुनाउँदै आर्थिक लोभमा पारेर सोझासाझाको मृगौला बेचबिखनमा गिरोह सक्रिय रहेको बताए । कार्यक्रममा सतिश शर्माले काभ्रेमा गरेको अध्ययनबाट आर्थिक रुपमा विपन्न, शिक्षा र ज्ञानको अभाव रहेका व्यक्ति वा समुदायलाई आर्थिक प्रलोभनमा पारी मृगौला बेच्ने गरेको बताए ।
उनले त्यस्ता व्यक्तिलाई फकाएर भारतको चेन्नाई, चण्डीगढ, नयाँ दिल्ली लगायतका शहरमा पुर्याएर वा नेपालमै पनि मृगौला झिकेर अलपत्र बनाउने गरेको बताए । गिरोहले सबैभन्दा बढि काँकडभिट्टा र भैरहवाको बाटो प्रयोग गरेपनि बीरगंज र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पनि प्रयोग गर्ने गरेको अध्ययनले देखाएको उनले बताए । दलालले देखाएको लोभमा परि मृगौला बेचेका अधिकांश पीडितले भनेजति रकम नपाउने र उनीहरुमा स्वास्थ्य समस्या आएको आप्mनो अध्ययनले देखाएको उनको जानकारी दिए ।
दलालको लोभमा परी मृगौला बेचिएका पीडित मकवानपुरमा पनि रहेको भन्दै यो काम गैरकानूनी रहेको भन्नेबारेमा सचेतना अभिबृद्धि गर्नु जरुरी रहेको अधिवक्ता समेत रहेका मुकुन्द अधिकारीले बताए । जथाभावी मृगौला प्रत्यारोपण गर्दा पीडितमा स्वास्थ्य समस्या आउनेबारे समेत धेरैलाई अनविज्ञता रहेको उनले बताए । ललाईफकाई मृगौला बेचबिखन आर्थिक र जेलसजाय समेत हुने बारेमा समेत जानकारी दिनु जरुरी रहेको बताए । मृगौला पुनः पलाउने जस्ता गलत कुरामा पीडितलाई विश्वस्त पार्ने काम गिरोहले गर्ने गरेको भन्दै यस्तो गलत कुरामा नपर्न उनले सुझाव दिए ।
अर्का अधिवक्ता ईश्वरी अधिकारीले मृगौला बेचबिखनमा संलग्न पिडक र मतियारलाई भएका कानूनी कारवाहीको बारेमा जानकारी दिएका थिए । उनले संचारमाध्यमले मृगौलाबारेमा रहेका भ्रम चिर्नका लागि महत्वपूर्ण भुमिका खेल्न सक्ने भएकाले अन्जानमा हुने मृगौलाको बेचबिखन रोक्न सहकार्यको आवश्यकता औल्याए । कार्यक्रममा मकवानपुरका छापा, विद्युतिय, अनलाईमा कार्यरत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







