बिहिबारबाट सुरु भएको कक्षा ८ को परीक्षा अन्र्तगत सिद्धार्थ परीक्षा केन्द्रको अनुगमन गर्दे हेटौँडाका मेयर हरि बहादुर महत
सुनिल शिवाकोटी
३० फागुन, हेटौँडा । आगामी चैत ६ गतेबाट सुरु हुने एस.इ.इ परीक्षाका लागि मकवानपुरमा २४ वटा केन्द्र निर्धारण गरिएको छ। जसअनुसार हेटौंडा उपमहानगरपालिकामा मात्र १४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको शिक्षा विकास समन्वय इकाइ मकवानपुरले जनाएको छ ।
जसअनुसार बागमती गाउँपालिकामा १ परीक्षा केन्द्र, बकैया गाउँपालिकामा २ वटा, भिमफेदी गाउँपालिकामा एक , थाहा नगरपालिकामा ३ , ईन्द्रसरोवार गाउँपालिकामा १ र मनहरी गाउँपालिका २ परीक्षा केन्द्र निर्धारण गरिएको छ । राक्सिराङग र कैलाश गाउँपालिकामा भने परीक्षा केन्द्र निर्धारण गरिएको छैन।
यस वर्षको एसईई परीक्षाका लागी देशभरबाट ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थीले परीक्षा दिदैछन,तीमध्ये नियमित (साधारण) तर्फ ४ लाख ५६ हजार ३ सय २९ र प्राविधिकतर्फ ९ हजार ५ सय ९ परीक्षार्थी एस.इ.इ परीक्षमा सामेल हुदैछन । यता मकवानपुरमा भने ६ हजार २ सय ९२ परीक्षार्थीले एस.इ.इ परीक्षमा सहभागी जनाउने शिक्षा विकास समन्वय इकाइ मकवानपुरले जनाएको छ ।
हेटौँडाका परीक्षा केन्द्रमा हेल्थडेस्क
विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको नोबल कोरोना भइरसको जेखिमलाई मध्यनजर गरी हेटौँडा उपमहानगरपालीका भित्रका एसईई परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी, मास्क र सेनेटरी प्याड सहितको हेल्थडेस्कको व्यावस्था गरीने भएको छ ।
परीक्षाकेन्द्रमा धेरै जना विद्यार्थीको जमघट हुने भएकाले यसबाट सचेत रहनका लागि प्रत्यक परीक्षा केन्द्रमा मास्क, छात्राहरु को लागि सेनेटरी प्याड र प्रत्यक परिक्षा केन्द्रमा प्राथमिक स्वाथ्य सामाग्री सहितको हेल्थ डेस्क स्थापना गर्नका लागि सबै तयारी गरिएको हेटौँडा उपमहानगरपालीकाका प्रमुख हरि बहादुर महतले बताएका छन। हेटौंडा नगर भित्र १४ वटा परीक्षाकेन्द्र निर्धारण गरएको छ जसमा करिव ४ हजार विद्यार्थीले एसईइ परीक्षा दिनेछन ।
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

















-nepal-1793665142.jpg)
