१० चैत, हेटौंडा । नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिकाको नयाँ संरचनाअन्र्तगत चैत १ गतेदेखि हेटौंडा उपमहानगरको १९ वटै वडा तथा थाहा नगरको १२ वटै वडामा वडा भेला गर्ने क्रममा काँग्रेसले बिहीबार हेटौंडाको ८ नम्बर वडामा भेला तथा बृहत अन्र्तक्रिया कार्यक्रम गरेको छ ।
काँग्रेसको हेटौंडा उपमहानगरपालिका हेटौंडा ८ का वडा सभापति रत्नमणी बगालेकोे सभाध्यक्षतामा भेला तथा बृहत अन्र्तक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रममा पार्टीका क्रियाशिल कार्यकर्ताबाट नयाँ संरचना अन्र्तगत हुने स्थानीय तहको निर्वाचनको बारेमा कार्यकर्ताबाट उठेका प्रश्नको जवाफ काँग्रेस पार्टीका प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्यालले दिए ।
कार्यक्रममा बोल्दै नगरसभापति आनन्द पराजुलीले देश चुनावमय बन्दै गएकाले कार्यकर्तालाई टोल/टोल गएर आफू र आफ्नो पार्टीले गरेका काम कार्वाहीको प्रचार गर्न लाग्नुपर्ने बताउनुभयो । सभापति पराजुलीले नगरमा काँग्रेसको बर्चस्व राम्रो रहेकोले कार्यकर्ताहरुलाई विकास निर्माणको कामको प्रचार गर्न कन्जुस्याई नगर्न आग्रह गरे ।
कार्यक्रममा जिल्लाबाट वडा भेलाका लागि खटिएका प्रतिनिधीहरु सल्लाहकारहरु दामोदर सुवेदी, अशोक शाक्य, रिता खनाल, जिल्ला सदस्यहरु हरि वाग्ले, महेन्द्र राउत, ३ नम्बर क्षेत्रीय सभापति तारानाथ चौलागाई, निवर्तमान नगर सभापति ईश्वरलाल श्रेष्ठ, दलित संघकी केन्द्रीय सदस्य पवित्रा विक, पूर्व जिल्ला उपसभापति नारायणप्रसाद लम्साल, पूर्व जिल्ला सदस्य राधा कोईराला, ४ नम्बर वडा सभापति हरिप्रसाद पौडेल, ६ नम्बर वडा सभापति रामहरि तिमल्सिना, अस्पताल विकास समितिका अध्यक्ष रमेश गिरी, महिला संघकी जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठ, सचिव निलम देवकोटा, नगरसभापति लक्ष्मी गौतम, नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष राजु खतिवडा शिव, नेपाल तरुण दलका नगर अध्यक्ष सुनिल गिरी, ८ नम्बर ईकाई अध्यक्ष प्रल्हाद चौलागाई, महाधिबेशन प्रतिनिधी बमबहादुर थिङलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा ९५ नब्बे बर्षिया दुर्गादेवी पौडेल, रामबहादुर भट्ट, केबी गुरुङ, मानबहादुर गुरुङ, प्रश्नदेवि थापा, चित्रकुमारी गुरुङ, तिलकुमारी तामाङ, रामप्रसाद अधिकारी, गोपाल मुक्तानलगायत १३ जना अगुवा कार्यकर्तालाई सम्मान गरिएको थियो भने विभिन्न पार्टी परित्याग गरी ४५ जना नेपाली काँग्रेसमा प्रवेश गरेको नगर सभापति पराजुलीले बताए ।
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

-1792888897.jpg)











-nepal-1792111426.jpg)




