Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

दादुरा–रुबेला खोप : हेटौँडा ७ मा ७६ बर्षीय वृद्धको नेतृत्वमा घरदैलो

IMG_20200316_115420-1584339160.jpg

३ चैत, हेटौँडा । राष्ट्रिय खोप अभियान अन्तर्गत दादुरा–रुबेला खोपका लागि हेटौंडा–७ मा  ७६ बर्षीय वृद्धको नेतृत्वमा आजबाट तिन दिन सम्म घरदैला कार्यक्रमको सुरुवात गरिएको छ । 
७ नम्बर वडाध्यक्ष सहित, वडासदस्य,नागस्वती शहरी केन्द्रका पदाधिकारी,पत्रकार,राजनैतिक दलका प्रतिनिधि,संघसंस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, वडा कार्यालयका कर्मचारी लगायतको सहभागितामा घरदैलो कार्यक्रम गरिएको थियो ।
सोमबारबाट नागस्वती शहरी स्वास्थ्य केन्द्रका अध्यक्ष तथा हेटौँडा ७का वडाध्यक्ष राजन थाप र ७६ बर्षीय वृद्ध मिठ्ठाराम कार्कीको नेतृत्वमा घरदैलो अभियान सञ्चालन गरीएको हेटौँडा ७का वडाध्यक्ष राजन थापाले बताएका छन । दादुरा–रुबेला खोप अभियान अन्र्तगत वडाध्यक्ष थापाको संयोजकत्वमा १० सदस्य समिति समेत घरदैलो गरिएको र सोमबारबाट लगातार तिन दिन सम्म घरदैले कार्यक्रम गरिने समितिका सदस्य रेखा मैनालीले बताइन । 
अभियान अन्र्तगत सोमबार न्युरेनी, चिसापानी लगायतको स्थानमा घरदैलो संचालन गरिएको र भोलि नागस्वतीमा घरदैलो गरिने मैनालीले बताइन । ३ सय १० बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने र चैत ११ गतेबाट ७ नम्बर वडामा ३ वटा खोपकेन्द्र स्थापना गरि दादुरा रुबेलाको खोप लगाउने तयारी भएको छ । चैत ११ गते ७ नम्बर वडाको न्युरेनी चिसापानी सामुदायीक वनको भवनमा खोप केन्द्र रहने त्यसैगरी १२ गते बनदेवी दुग्द उत्पादन संस्थामा खोप केन्द्र रहने  र खोप लगाउने छुटेकाहरुलाई सहितलाई १३ गते नागस्वती शहरी  स्वास्थ्य  केन्द्रका  नै खोप लगाउने व्यवस्था मिलाइएको नागस्वती शहरी स्वास्थ्य केन्द्रकी सदस्य रेखा मैनालीले बताइन । दादुरा–रुबेला अभियानको दोस्रो चरण अन्तर्गत हेटौँडा नगर भित्र चैत ११ गतेबाट खोप संचालनमा आउने छ । यता विश्वभर संक्रमणको रुपमा फैलिरहेको कोरोना भाईरस नियन्त्रणका लागि पनि वडामा समिति गठन गरी जनचेतनामुलक कार्यक्रम गरिने जनाइएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
१५ मिनेटका लागि संसद बैठक स्थगन
Screenshot_20240412_15562-1716185413.jpg

७ जेठ, काठमाडौं। सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ। बैठक...

पर्साका सीमानाका तीन दिन बन्द हुने
Screenshot_20240520_11215-1716183427.jpg

७ जेठ, पर्सा । पर्साका सीमानाका तीन दिन बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले जेठ १० देखि १२ गते...

सोमबार सुनचाँदी मूल्य बढ्यो
Blog_Paytm_Gold-Rates-His-1716183397.jpg

७ जेठ,हेटौंडा । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ अघिल्लो दिनको तुलनामा सुन...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने
पुष्पकमल-1716166831.jpg

७ जेठ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भएका छन् । प्रतिनिधि सभाको सोमबार बिहान ११...

एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716165644.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी, मधेश, लुम्बिनी, ...

मकवानपुर प्रहरीको अपरेसन:चोरी भएको मोटरसाइकल सहित ६ जना पक्राउ
FB_IMG_1716130098525-1716130131.jpg

६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...

संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

थप समाचार