११ चैत, हेटौँडा । मध्यमाञ्चलमा गत साउनदेखि कार्तिकसम्ममा ४६ सय ५६ क्षयरोगी फेला परेको तथ्यांक सार्वजनिक गरिएको छ । विश्व क्षयरोग दिवसको अवसरमा शुक्रबार जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले गरेको कार्यक्रममा यस्तो जानकारी दिईएको हो ।
कार्यक्रममा मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ अधिकृत उत्तम खनालले चौमासिक तथ्यांक सार्वजनिक गर्दै मध्यमाञ्चलका १९ जिल्लामा ४६ सय ५६ नयाँ क्षयरोग फेला परेको जानकारी दिएका छन् । उनले मध्यमाञ्चलको तर्राइ क्षेत्रमा सबैभन्दा बढि ५२ प्रतिशत क्षयरोगी रहेको पनि बताए । काठमाण्डौं उपत्यकामा २७ प्रतिशत, पहाडमा २० प्रतिशत र हिमालमा १ प्रतिशत क्षयरोगी फेला परेको उनको भनाई छ । उनले मध्यमाञ्चलमा क्षयरोगको उपचारका लागि १४ सय २३ डट्स केन्द्र र शहरी क्षेत्रमा ५६ डट्स केन्द्र रहेको बताए । तथ्यांक अनुसार नयाँ क्षयरोगीमा १५–४४ बर्ष उमेर समूहका छन् ।
त्यसैगरी, मकवनपुरमा गत साउनदेखि कार्तिकसम्ममा २ सय ७९ नयाँ क्षयरोगी फेला परेका छन् । क्षयकुष्ठ अधिकृत कपिलदेव झाले तथ्यांक सार्वजनिक गर्दै कार्तिकसम्ममा १ सय ८० पुरुष, ९९ महिलामा क्षयरोगी फेला परेको बताए । जसमा ५ बालबालिका छन् । यस्तै सोही अवधिमा ७ जना क्षयरोगी बहुउपचार औषधी पद्धतिबाट उपचारमा रहेको बताए । मध्यमाञ्चलका कुल क्षयरोगीमध्ये ५.४८ प्रतिशत मकवानपुरमा छन् । मकवानपुरमा पनि हेटौँडा नगरपालिकाभित्र एक सय क्षयरोगी रहेको झाले बताए ।
लगातार दुई हप्तासम्म खोकी लागेमा क्षयरोग हुन सक्ने भन्दै खकार परिक्षणका लागि हेटौँडा अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र मनहरी, छतिवन, भीमफेदी, पालुङ, स्वास्थ्य चौकी फापरवारी र पदमपोखरीमा जान समेत कार्यक्रममा सुझाव दिईएको थियो । सन् २०५० भित्र क्षयरोगविहिन विश्व बनाउने विश्व स्वास्थ्य संगठनको लक्ष्य अनुसार नेपालमा पनि निःशुल्क रुपमा क्षयरोगको उपचार भईरहेको छ ।
कार्यक्रममा ५ जना क्षयरोगीलाई पोषण खर्चबापत जनही ४ हजार रुपैँया उपलव्ध गराईएको थियो । कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरमा प्रमुख रामचन्द्र पाठकको अध्यक्षतामा भएको थियो ।
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

_edit_-1792376004.jpg)
















