१२ चैत, हेटौँडा । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक रहेको भन्दै तयारी तिब्र बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
नेपाली कांग्रेस मकवानपुरको हेटौडामा शनिबार भएको जिल्ला सम्मेलनमा बोल्दै महामन्त्री कोइरालाले नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयन नै पार्टीको मूल लक्ष्य भएको बताए । उनले संविधान कार्यान्वयनका लागि तीन तहको निर्वाचन हुनुपर्नेमा जोड दिंदै यसलाई पार्टी र देशका लागि जीवन मरणको सवालको लिन कार्यकर्ताहरुलाई आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उर्जा राज्यमन्त्री महालक्ष्मी डिना उपाध्यायले देशको बृहतर विकास र समृद्धिका लागि नेपाली कांग्रेसले स्थानीय निकायको निर्वाचनमा जीत हासिल गर्नुपर्ने भएकाले यसतर्फ जुट्न कार्यकर्तालाई आग्रह गरिन् । केन्द्रीय सदस्य रामकृष्ण यादवले तराई पहाड र हिमालको एकताका लागि नेपाली कांग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेपाली नेपाली बीच झगडा गराउने काम बन्द गर्न एमाले र मधेशी मोर्चालाई सचेत गराए ।
कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले प्रजातन्त्र ल्याई राणाबाट देशलाई मुक्त गर्न, बहुदल ल्याउन, राजतन्त्रको अन्त्य गरी गणतन्त्र ल्याउन, नयाँ संविधान ल्याउन नेपाली कांग्रेसले नेतृत्व गरेको भन्दै नेपालमा राष्ट्रवादी काम कांग्रेसले मात्रै गरेको बताए । अतिवादलाई प्रश्रय दिएर तराई र पहाडको विभाजन ल्याउने काम गर्ने एमाले र अध्यक्ष केपि ओलीलाई राष्ट्रवाद र राष्ट्रियताको कुरा गर्न कुनै अधिकार नरहेको उनको भनाई थियो । कार्यक्रम नेपाली कांग्रेस मकवानपुरका सभापति एवं गृह राज्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा भएको थियो ।
१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...
१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...
१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१४ बैशाख, हेटौंडा । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...
१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...
१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...
१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...
१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...