१२ चैत, हेटौँडा । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक रहेको भन्दै तयारी तिब्र बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
नेपाली कांग्रेस मकवानपुरको हेटौडामा शनिबार भएको जिल्ला सम्मेलनमा बोल्दै महामन्त्री कोइरालाले नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयन नै पार्टीको मूल लक्ष्य भएको बताए । उनले संविधान कार्यान्वयनका लागि तीन तहको निर्वाचन हुनुपर्नेमा जोड दिंदै यसलाई पार्टी र देशका लागि जीवन मरणको सवालको लिन कार्यकर्ताहरुलाई आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उर्जा राज्यमन्त्री महालक्ष्मी डिना उपाध्यायले देशको बृहतर विकास र समृद्धिका लागि नेपाली कांग्रेसले स्थानीय निकायको निर्वाचनमा जीत हासिल गर्नुपर्ने भएकाले यसतर्फ जुट्न कार्यकर्तालाई आग्रह गरिन् । केन्द्रीय सदस्य रामकृष्ण यादवले तराई पहाड र हिमालको एकताका लागि नेपाली कांग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेपाली नेपाली बीच झगडा गराउने काम बन्द गर्न एमाले र मधेशी मोर्चालाई सचेत गराए ।
कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले प्रजातन्त्र ल्याई राणाबाट देशलाई मुक्त गर्न, बहुदल ल्याउन, राजतन्त्रको अन्त्य गरी गणतन्त्र ल्याउन, नयाँ संविधान ल्याउन नेपाली कांग्रेसले नेतृत्व गरेको भन्दै नेपालमा राष्ट्रवादी काम कांग्रेसले मात्रै गरेको बताए । अतिवादलाई प्रश्रय दिएर तराई र पहाडको विभाजन ल्याउने काम गर्ने एमाले र अध्यक्ष केपि ओलीलाई राष्ट्रवाद र राष्ट्रियताको कुरा गर्न कुनै अधिकार नरहेको उनको भनाई थियो । कार्यक्रम नेपाली कांग्रेस मकवानपुरका सभापति एवं गृह राज्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा भएको थियो ।
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । प्रहरीले बाँकेबाट पाँच लाख रूपैयाँसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...


















