Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

प्रदेश सांसदहरुले सोधे समितिको औचित्य के ?

Biraj-1584599814.jpg

File Photo

६ चेत, हेटौंडा । बागमती प्रदेशका सांसदहरुले संसदीय समितिको औचित्यबारे प्रश्न गरेका छन् । प्रदेश युवा परिषद गठन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विहिबार संसदमा छलफल गर्दै उनीहरुले  यस्तो प्रश्न गरेका हुन् । 
संसदीय समितिमा भएको छलफल र सहमति अनुसार प्रतिवेदन तयार नभएको भन्दै उनीहरुले समितिमा छलफल गर्नुको औचित्य नहुने बताए । बैठकमा बोल्दै प्रदेशसभा सदस्य विभाजभक्त श्रेष्ठले विधेयकले युवाहरुको अधिकारमाथि बढि जोड दिएको भन्दै कर्तव्यसम्बन्धी विषयहरु प्रस्तावनामा राख्नुपर्नेमा जोड दिएका थिए । प्रस्तावना परिमार्जन गर्नै हुन्न भन्ने सोच त्याग्नुपर्ने उनको सुझाव थियो । सांसद रमेश पौडेलले समितिको बैठकमा सामाजिक विकास मन्त्री युवराज दुलालले समेत संशोधन गर्ने प्रतिवद्धता गरेको सम्पूर्ण समिति र संशोधनकर्ता साक्षी रहेको बताए । तर प्रतिवेदन प्रतिवद्धता अनुसार नआएको भन्दै समितिमा हुने छलफलको औचित्य नहुने बताए । 
सांसद नरोत्तम बैद्यले पनि संशोधन हुन्छ भन्ने तर संशोधन नगर्ने कामले समितिको अपमान हुने बताए । छलफलमा सांसद माधव पौडेल, रिना गुरुङ, सरेश नेपाल लगायतले विधेयकमाथि धारणा राखेका थिए । यसअघि, संसदले सामाजिक विकास मन्त्री युवराज दुलालले पेश गरेको शिक्षा, स्वास्थ्य तथा कृषि समितिको प्रतिवेदनसहितको विधेयक पारित गर्न संसदमा पेश गरेका थिए । बैठकले विधेयक सर्वसम्मत पारित गरेको छ । बैठकमा प्रदेश मामिला समितिका सभापति माधव पौडेलले स्थानीय तहको सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक समितिको प्रतिवेदनसहित संसदमा पेश गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको भूमिका महत्त्वपूर्ण: राष्ट्रपति
president-Ram-chandra-pou-1714702115.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र...

संसदको बजेट अधिवेशन आह्वान
1641373260_1615078427_san-1714701718.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन् । सरकारको...

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै
7ade733c-5bf1-485c-ba38-4-1714700539.jpg

२१ बैशाख, हेटौंडा । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसकै अवसर पारेर नेपाल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714699987.jpg

२१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

थप समाचार