Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

काँग्रेस गढी गाउँपालिकाको बनभोज तथा अन्तरक्रिया

17498431_401160183609878_-1490588239.jpg

१४ चैत, हेटौंडा । नेपाली काँग्रेस गढी गाउँपालिकाको अायोजनामा धरमपानीमा बनभोज तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।
साविक गढी गाविस सभापति राजविर मोक्तानको सभाध्यक्षता तथा काँग्रेस मकवानपुरका सभापति, नेपाल सरकारका गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमूख आथित्यतामा बनभोज तथा बृहत कार्यक्रम भएको हो ।
बानियाँले काँग्रेसको पक्षमा देशभर जनमत रहेको र मकवानपुरमा पनि क्षेत्र नम्बर १ बाट शुरु भई विस्तारै जिल्लाभरी नै काँग्रेसको पक्षमा जनलहर आएकाले कार्यकर्तालाई ढुक्क भई निर्वाचनको प्रचारप्रसारमा लाग्न अाग्रह गरे ।
गृहराज्यमन्त्री बानियाँले काँग्रेसले जिल्लामा गरेका विकास निर्माण कामको प्रचार गर्न कन्च्युस्याई नगर्न कार्यकर्ताहरुलाई आग्रह गर्दैै स्थानीय तहको निर्वाचनमा टिकट जोसुकैले पाएपनि विना पूर्वाग्रह चुनाव प्रचारमा लाग्न सुझाव दिए ।
बनभोज तथा अन्र्तक्रिया कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ७६ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई राज्यमन्त्री बानियाँले टिका तथा खाँदा लगाएर स्वागत गरेका थिए ।
कार्यक्रममा पार्टीका कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, क्षेत्र नम्बर १ र २ का क्षेत्रीय सभापतिहरु दामोदर खनाल र यतिराज सापकोटा, जिल्ला सदस्यहरु गोपी अधिकारी, अर्जुन दाहाल, महासमिति सदस्य विष्णुप्रसाद दाहाल, हेटौंडा उपमहानगर समितिका सभापति आनन्दराम पराजुली, १ नम्बरका क्षेत्रीय सचिव सुवात सिं थिङ, नेपाल शिक्षक संघका केन्द्रीय सदस्य अर्जुनप्रसाद चौलागाई, आम्भज्याङ गाविसका पूर्व सभापति बलराम घिमिरे, तरुण दल जिल्ला सचिव सचित थापा, दोर्जे लामालगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

थप समाचार