१५ चैत, हेटौँडा । भुकम्प पुर्ननिर्माण आयोजना जिल्ला आयोजना कार्यान्वयन इकाईले अनुदानको दोस्रो किस्ता भुक्तानीका लागि मकवानपुरका ३ सय १२ भुकम्प प्रभावित लाभग्राहीको नाम सिफारिस गरेको छ ।
शहरी विकास मन्त्रालय अन्तरगतको आयोजनाले प्रक्रिया अनुसार जगसम्मको काम सम्पन्न गरेका बाग्मति, बकैया, मकवानपुरगढी, भीमफेदी र राक्सिराङ गाउँपालिकाका साथै थाहा नगरपालिकाका ३ सय १२ लाभग्राहीलाई दोस्रो किस्ता सिफारिस गरेको हो । दोस्रो किस्ताका लागि निवेदन दिएका लाभग्राहीमध्ये अनुगमनमा प्रक्रिया पुगेका ३ सय १२ लाई सोमबारसम्ममा सिफारिस गरेको इन्जिनियर रविन पाठकले बताए ।
आयोजनाका अनुसार बाग्मति गाउँपालिकाको बेतिनीमा एक, बकैयाको शिखरपुरका १८, मकवानपुरगढी गाउँपालिकाको बुढिचौरका ४८, भीमफेदी गाउँपालिकाको भैंसेका ४२, नामटारका ५, भीमफेदीका १०, कोगटेका ५५ लाभग्राही दोस्रो किस्ताका लागि सिफारिसमा परेका छन् । त्यस्तै, राक्सिराङ गाउँपालिकाको काँकडाका ९५, सरिखेतका ११ र थाहा नगरपालिकाको आग्राका २७ लाभग्राहीलाई दोस्रो किस्ताका लागि जिल्ला समन्वय समितिमा सिफारिस गरिएको इकाईले जनाएको छ । त्यसैगरी, गैरसरकारी कार्यालयमार्फत पुर्ननिर्माणको काम गरिरहेका कैलाश गाउँपालिकाको गोगनेका ३८ लाभग्राहीका लागि पनि दोस्रो किस्ता सिफारिस गरिएको छ ।
आयोजनाका अनुसार मकवानपुरमा ३० हजार २ सय ३८ भुकम्प प्रभावित रहेकोमा २० हजार ३ सय ५ जनाले अनुदान सम्झौता गरेका छन् । अनुदान सम्झौता गरेका १९ हजार ९ ले प्रथम किस्ता लगेका छन् । जिल्लामा २६ हजार ९ सय ९ वटा गुनासो दर्ता भएका छन् ।
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...





-1792715895.jpg)









-nepal-1792111426.jpg)


