१५ चैत, हेटौंडा । नेकपा एमाले हेटौँडा उपमहानगरपालिका संगठन कमिटीको बैठकले जिल्ला सचिवालय सदस्य तथा नगर संयोजक गोपाल श्रेष्ठको संयोजकत्वमा १ हजार ५ सय १ जना स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरेको छ ।
उपमहानगरपालिकामा रहेका जिल्ला सदस्यहरु, जिल्ला सल्लाहकार कमिटीका सदस्यहरु, जेष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारीहरु, जिल्ला विभागकासदस्यहरु, जनसंगठनका केन्द्रीय कमिटीका सदस्य,जिल्ला कमिटी र नगर कमिटीका सदस्यहरु, उपमहानगर कमिटीका सदस्यहरु, नगर भित्रका वडा कमिटीका सदस्यहरु रहेको प्रचार बिभाग प्रमुख एकालाल श्रेष्ठले बताए ।
केन्द्रीय निर्देशन अनुसार गठन भएको उपमहानगर संगठन कमिटीमा क्षेत्रीय कमिटीका सदस्यहरु, नगर विशेष इलाका कमिटीका सदस्यहरु रहने व्यवस्था रहेको छ भने बैठकले भवानि शर्मा, बिष्णु चौलागाईँ र कमल चौलागाईँलाई कमिटीको सदस्यमा मनोनित गरेको छ ।
बैठकले सबै वडा कमिटीहरुले चैत्र २५ गते भित्र निर्वाचन परिचालन कमिटी र वडा पार्टी कार्यालय खोलिसक्ने निर्णय गरेको छ । नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रदेश कमिटीका सचिवालय सदस्य केदार न्यौपानेको प्रमुख आथित्यतामा भएको कार्यक्रमका केन्द्रीय कमिटीका सदस्य विरोध खतिवडा, केन्द्रीय संसदीय विभागका सचिव एबम् संसद अनन्त पौडेल, जिल्ला अध्यक्ष मु्नु सिग्देल, प्रदेश कमिटीका सदस्य रामेश्वर रानालगायतले बैठकमा मन्तव्य राखेका थिए ।
बैठकमा प्रदेश कमिटीका सल्लाहकार सदस्य बिष्णु ओझा, जिल्ला कमिटीका पूर्व सचिव रघुनाथ खुलाल, जिल्ला सचिव एकालाल श्रेष्ठ, जिल्ला सचिवालय सदस्य श्रीधर पोखरेल, जिल्ला सदस्यहरु नवीन सिग्देल, तिलक अधिकारी, अनिल बानियाँ, फूर्वादोर्जे लामा, इश्वर ढुङ्गानालगायतको उपस्थिति रहेको थियो ।
गढि गाउँपालिकामा पनि कमिटि निर्माण
गाउँपालिकाको संरचना अनुसार मकवानपुर गढि गाउँपालिकामा एमालेको कमिटि निर्माण भएको छ । तेज प्रसाद लम्सालको संयोजकत्वमा ३२ सदस्यीय मकवानपुर गढि गाउँ पालिका कमिटि निर्माण गरीएको हो ।
समितिको सहसंयोजकमा बिदुर हुमागाई र सचिबमा रामजी सापकोटा चयन भएका छन् । कार्यक्रममा निर्बाचनको तयारीहरुको बिषयमा समेत छलफल भएको थियो ।
तस्बिर सौ. नवीन सिग्देल
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२१ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः १५ बजे बस्ने भएको हो । राष्ट्रियसभा सदस्य...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२१ साउन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व नेता डा. धवलशमशेर जबरा र अभियनता दुर्गा प्रसाईंले नयाँ...


















