Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

पत्रकारलाई प्रेस काउन्सिलबाट निर्देशिका जारी

Press-1584979962.jpg

१० चैत, हेटौंडा । नेपालका पत्रकारहरुलाई कोरानाबारे समाचार सम्प्रेषण गर्दा अपनाउनुपर्ने सावधानीबारे निर्देशिका जारी गरेको छ । सोमबार प्रेस काउन्सिलले यस्तो निर्देशन जारी गरेको हो । कोरोनाबारेको समाचारलाई आधिकारिक स्रोतबाट पुष्टि गरेर र स्वास्थ्यकर्मीहरुबाट पुष्टि गरेर मात्रै सम्प्रेषण गर्न भनिएको छ ।
यस्तो छ काउन्सिलको निर्देशिका
प्रेस काउन्सिल नेपालद्वारा पत्रकार र सञ्चारमाध्यमका लागि जारी निर्देशिका, २०७६ विश्वब्यापीरुपमा महामारीको रुप लिएको नोबेल कोरोना भाइरसको सङ्क्रमण सम्बन्धमा समाचार सामग्री प्रकाशन, प्रसारण गर्दा अपनाउनुपर्ने सावधानी र निर्वाह गर्नुपर्ने दायित्वका सम्बन्धमा सञ्चारमाध्यम र पत्रकारलाई तुरून्तै लागू हुने गरी प्रेस काउन्सिल ऐन, २०४८ दफा ७ को खण्ड (ख) द्वारा प्रदत्त अधिकारबमोजिम नेपाल पत्रकार महासंघको सहमतिमा प्रेस काउन्सिल नेपालले महामारीलगायत जनस्वास्थ्यसँग सम्बन्धित समाचार सम्प्रेषण निर्देशिका २०७६ जारी गरेको छ ।
कोरोनाको महामारीविरुद्ध समाचार सम्प्रेषण गर्दा पत्रकार र सञ्चारमाध्यमले पालना गर्नुपर्ने दायित्वः
१) सत्य–तथ्य र आधिकारिक स्रोतबाट पुष्टि भएका सूचना सम्प्रेषणः  (१) पत्रकार तथा सञ्चारमाध्यमले कोरोना संक्रमणसम्बन्धी सत्य–तथ्य र आधिकारिक स्रोत वा विषय विज्ञबाट पुष्टि भएका समाचार सामग्री मात्र सम्प्रेषण गर्नुपर्दछ । (२) पत्रकार तथा सञ्चारमाध्यमले सामाजिक सञ्जालमार्फत् प्रवाह गर्ने कोरोना संक्रमणसम्बन्धी समाचार, लेख, सूचना वा जानकारीहरू मर्यादित, सत्य तथ्यपूर्ण र आधिकारिक हुनुपर्दछ । (३) सामाजिक सञ्जालका अन्य प्रयोगकर्ताहरूले प्रवाह गरेका कोरोना संक्रमणसम्बन्धी समाचार, जानकारी वा लेख÷कमेन्टहरूलाई शेयर, लाइक वा रिट्विट गरी पुनः प्रकाशन गर्दा पत्रकार तथा सञ्चारमाध्यमले आफूले प्रकाशन गरेसरह आधिकारिकतासमेतको ख्याल गरी सम्प्रेषण गर्नुपर्दछ ।
२) व्यक्तिगत गोपनीयतामामा ध्यान दिनुपर्ने स् पत्रकार तथा सञ्चारमाध्यमले आशंकित वा संक्रमितको आशंका गरिएका वा सङ्क्रमितको व्यक्तिगत गोपनीयतामा ध्यान दिनु पर्दछ । कोरोना भाइरसको शंका भएकाको परिचय गोप्य राख्नुपर्दछ । साथै सङ्क्रमित व्यक्तिलाई नकारात्मक असर पार्नसक्ने सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन । सङ्क्रमित व्यक्तिको सचेत स्वीकृति र सम्वन्धित आधिकारिक स्रोतको अनुमति विना परिचय सार्वजनिक गर्नु हुँदैन ।
३) लाञ्छना वा आरोप लगाउन नहुनेः पत्रकार तथा सञ्चारमाध्यमले कोरोना संक्रमणसम्बन्धी समाचार सामग्री प्रवाह गर्दा कोरोना भाइरसलाई कुनै देश, क्षेत्र वा समुदायसँग जोड्ने वा तिनका कारण फैलिएको भनेर आरोपित गर्नु हुँदैन । यसैगरी कुनै पनि सङ्क्रमित व्यक्तिलाई लाञ्छना वा व्यक्तिगत आरोप लगाउने गरी समाचार सम्प्रेषण हुनु हुँदैन । जातीय, लैङ्गिक, धार्मिक, क्षेत्रीय, भाषिक, राजनीतिक आस्था, वर्ण वा शारीरिक, मानसिक अवस्थाजस्ता कुनैपनि आधारमा कसैमाथि भेदभाव हुने वा घृणा उत्पन्न गर्ने गरी समाचार सामग्री उत्पादन, प्रकाशन,  प्रसारण र वितरण गर्नुहुँदैन ।
४) डर, त्रास र सनसनी फैलने गलत, अतिरञ्जनापूर्ण र अनाधिकृत सूचना वा हल्लाहरुलाई स्थान दिन नहुनेः पत्रकार तथा सञ्चारमाध्यमले कोरोना संक्रमणसम्बन्धी समाचार सामग्री प्रवाह गर्दा नेपाल सरकारको आधिकारिक निकायबाट पुष्टि नभएका अनाधिकृत, गलत र अतिरञ्जनापूर्ण सूचना तथा हल्लाहरुलाई स्थान दिनु हुँदैन । पाठक, स्रोता र दर्शकमा निराशा वा उत्तेजना हुन नदिन सदैव विशेष संवेदनशीलता र सतर्कता अपनाउनु पर्दछ ।
५) घटनासँग असम्बन्धित व्यक्तिको नाम उल्लेख गर्न नहुनेः (१) पत्रकार तथा सञ्चारमाध्यमले सङ्क्रमित व्यक्तिका नातेदार वा नजिकका व्यक्तिको नाम, ठेगाना र पहिचान खुल्नेगरी समाचार, तस्बिर र दृश्य उत्पादन, वितरण वा प्रकाशन–प्रसारण गर्नुहुँदैन ।
६) दृश्य र तस्बिर प्रकाशन वा प्रसारण गर्न नहुनेः पत्रकार तथा सञ्चारमाध्यमले सङ्क्रमण भई निधन भएका व्यक्तिका दृश्य एवं तस्बिरहरू सम्प्रेषण गर्नुहुँदैन ।
७) गल्ती सच्याउन तत्परता स् पत्रकार तथा सञ्चारमाध्यमले प्रवाह गरेका कोरोना सङ्क्रमणसम्वन्धी समाचार सामग्रीमा कुनैपनि त्रुटि एवं गल्ती भेटिएमा यथाशीघ्र सच्याई त्यसबारे सोही सञ्चारमाधयमबाट सार्वजनिक जानकारी गराउनु पर्दछ । साथै प्रेस काउन्सिलले गल्ती सच्चाउन दिएको निर्देशनको तत्काल पालना गर्नु पर्दछ ।
८) प्रेस काउन्सिलले अनुगमन तथा कारवाही गर्नेः पत्रकार तथा सञ्चारमाध्यमले यो निर्देशिकाको पालना गरे नगरेको प्रेस काउन्सिल नेपालले अनुगमन गरी प्रेस काउन्सिल ऐन २०४८ र पत्रकार आचारसंहिता, २०७३ (संशोधित–२०७६) अनुसार आवश्यक कारवाही गर्न सक्ने छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुर प्रहरीको अपरेसन:चोरी भएको मोटरसाइकल सहित ६ जना पक्राउ
FB_IMG_1716130098525-1716130131.jpg

६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...

संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

थप समाचार