१२ चैत्र, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोभिड–१९ को संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १८ हजार ८९२ पुगेको छ । ४ लाख २२ हजार ६१४ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ ।
१ लाख ८ हजार ८७९ जना उपचारपछि घर फर्किएका छन् । कोरोना भाइरस संक्रमण चीनबाट सन् २०१९ को डिसेम्बरमा सुरू भएपनि अहिले युरोप यसको केन्द्रविन्दु बनेको छ ।
सबैभन्दा धेरै मानिसको मृत्यु इटलीमा भएको छ । इटालीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार ८ सय २० जना पुगेको छ । पछिल्लो २४ घण्टामा इटालीमा मात्रै ७ सय ४३ जनाको ज्यान गएको छ ।
यसैगरी स्पेनमा पनि मर्नेको संख्या तिब्रगतिमा बढिरहेको तथ्याङकले देखाएको छ । पछिल्लो २४ घण्टामा स्पेनमा ६ सय ८० जनाको मृत्यु भएसँगै यहाँ मर्नेको संख्या २ हजार ९ सय ९१ पुगेको छ । यस्तै अमेरिकामा कोरोनाको संक्रमण दर ह्वात्तै बढेको छ । पछिल्लो चौविस घण्टामा अमेरिकामा ९ हजार ९ सय २१ जनामा संक्रमण भएको छ भने मृत्यु हुनेको संख्या ६ सय ९८ पुगेको छ ।
यसैगरी जर्मनीमा पनी संक्रमित र मर्नेको संख्या पछिल्लो समयमा निकै बढेको तथ्यांकले देखाएको छ । पछिल्लो २४ घण्टाको अवधिमा जर्मनीमा ३ हजार ९ सय ३५ जना नयाँ संक्रमित थपिएका छन भने मृत्यु हुनेको संख्या १५९ पुगेको छ ।
यता मध्यपूर्वका राष्ट्रहरुमध्ये इरानमा कोरोना भाइरसको संक्रमण सबैभन्दा डरलाग्दो अवस्थामा छ । त्यहाँ कोरोनाकै कारण १ हजार ९ सय ३४ जनाको मृत्यु भएको छ भने २४ हजार ८ सय ११ जना संक्रमित छन् ।
यसैगरी सार्क राष्ट्रहरुमा पाकिस्तानमा सबैभन्दा धेरै ९ सय ७२ जनामा संक्रमण भएको पुष्टि भएको छ भने अहिलेसम्म ७ जनाको मृत्यु भएको छ ।
यस्तै छिमेकि देश भारतमा पनि संक्रमितको संख्या दिनानुदिन बढिरहको छ । भारतमा ५ सय ३६ जनामा संक्रमण भएको छ भने १९ जनाको मृत्यु भएको छ ।
यसैगरी श्रीलंकामा १०२, अफगानिस्तानमा ७४ माल्दिभ्समा १३, भुटान २ जनामा संक्रमण भएको पुष्टि भएको छ । नेपालमा दुईजनामा संक्रमण भएकोमा एकजना उपचारपछि घर फर्किसकेका छन् भने एकजनाको उपचार चलिरहेको छ ।
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

-nepal-1792458398.jpg)

_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)













