Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

यसरी किन्दैछन् हेटौडामा तरकारी (तस्विरहरु)

L1-1585310471.jpg

१४ चैत, हेटौंडा । विहिबार तरकारी किन्न भिड लागेको तस्बिर सामाजिक सञ्जालमा फैलिएको हेटौंडा–४ स्थित ख्वप गल्लीमा शुक्रबार साँझ भने फरक दृष्य देखिएको छ । विहिबार साँझ ठूलै भिड लागेको ख्वपगल्लीस्थित तरकारी बजारमा शुक्रबार भने सर्वसाधारणले गोलो घेरामा बसेर तरकारी खरिद गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय र नगर प्रहरीको पहलमा भिडभाड अन्त्य गर्न दुरी मिलाएर गोलो घेरा बनाएपछि सर्वसाधारणले त्यही घेरमा बसेर तरकारी खरिद गरेका छन् । प्रहरी र नगर प्रहरीले ख्वपगल्लीमा मोटरसाइकलसहितका सवारी प्रवेशमा रोक लगाएको छ । भिड व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनकुमार कुर्मी, वडा प्रहरी कार्यालय हेटौैडाका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीसहितको टोली परिचालित छ ।

ख्वपगल्ली बाहिर पनि विहिबारको तुलनामा भिड कम रहेको छ । सुरक्षाकर्मीले शनिबारबाट ख्वपगल्लीमा थप कडाई गर्ने जनाएको छ । तरकारी खरिद गर्न आएका उपभोक्ताले पनि अब ३/४ दिनमा एक पटकमात्रै खरिद गर्न आउने बताएका छन् । ‘सबै दिनदिनै आउनु भन्दा एक पटकमा ३/४ दिन पुग्ने गरी लगे भिड कम हुन्छ ।’–एक उपभोक्ताले भनिन् ।

कोरोना संक्रमण फैलन रोक्न एक अर्काबीच दुरी राख्नुपर्ने भएपनि हाट बजारजस्तै भिडभाडमा तरकारी खरिद गरेको तस्विर सामाजिक सञ्जालमा फैलिएको थियो । त्यसपछि प्रशासनले यसलाई रोक्न कदम चालेको छ ।

L2-1585310512.jpg
L3-1585310514.jpg
L4-1585310516.jpg
L5-1585310517.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार