Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

ज्येष्ठ नागरिकलाई राहतस्वरुप मासिक रु १० हजार दिइने

GPJNEWS_Nepal_YKK_Senior-1585444497.jpg

१६ चैत्र, हेटौंडा । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशभरका पुनःस्थापना केन्द्र, वृद्धा आश्रममा रहेका ज्येष्ठ नागरिकलाई राहत स्वरुप तीन महिनाका लागि मासिक रु १० हजार प्रदान गर्ने तयारी गरेको छ ।
विश्वभरि नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्नका लागि सरकारले लकडाउन गरेको अवस्थामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम भएका करिब एक हजार ५०० ज्येष्ठ नागरिकलाई उक्त राहत दिने तयारी गरेको हो ।
मन्त्रालयको उक्त प्रस्तावलाई कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय  समन्वय समितिले पास गरेपछि काम अघि बढ्ने छ । 
मन्त्रालयले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि पशुपति वृद्धा आश्रम, खगेन्द्र नवजीवन केन्द्र, मङ्गला सहाना पुनःस्थापना केन्द्रलागयत ठाउँमा र अपाङ्गता भएका व्यक्ति र अनाथलयमा सेनिटाइजर, मास्क, साबुनलगायत सुरक्षासँग सम्बन्धित सामग्री वितरण आवश्यक व्यवस्था मिलाएको छ । 
मन्त्रालयका उपसचित भरतराज शर्माका अनुसार देशभरिको वृद्धाआश्रममा  रहेका ज्येष्ठ नागरिकलाई तीन महिनाको राहत उपलब्ध गराउने तयारी भएको र सोही अनुपातमा अपाङ्गता भएका, बालगृहमा बसेका बालबालिका र मानव बेचबिखन परेकालाई राहत उपलब्ध गराउन तथ्याङ्क सङ्कलनको काम भइरहेको छ । फोटोः गुगल
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभाको बैठक आज बस्दै
1641373260_1615078427_san-1715823687.jpg

३ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको हो । सभामुख देवराज घिमिरेले...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1715822742.jpg

३ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  कोशी र मधेश प्रदेश सहित...

बागमतीमा मन्त्रालयको संख्या १३ पुग्यो
Capture-1715818461.JPG

३ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या बढाएको छ । विनाविभागिय मन्त्री व्यवस्थापनको लागि...

बागमतीमा दुर्घटना: पदमपोखरीका मुडवरीको मृत्यु
accident.-1715793140.jpg

२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...

पेट्रोलमा ७, डिजेल र मट्टितेलमा ५ रुपैयाँले घट्यो मूल्य
Petrol-Pump-1715784937.jpg

२ जेठ, हेटौंडा। नेपाल आयल निगमले पेट्रोल र डिजेलको  मूल्य घटाएको छ । निगमले बुधबार मध्ये रातबाट लागुहुनेगरी...

क्यानद्वारा सन्दीपको निलम्बन फुकुवा
Screenshot_20240515_19214-1715782202.jpg

२ जेठ, हेटौंडा। बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन...

इन्द्रसरोवरमा भ्यान दुर्घटना, ४ जना घाइते
images-1715780125.jpg

२ जेठ, हेटौंडा। मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–१ मार्खुस्थित फर्पिङ कुलेखानीमा भ्यान गाडी दुर्घटना हुँदा...

हेटौंडा १७ को रानीखोला राजदेवी खानेपानी बोर्डको स्वामित्वमा
FB_IMG_1715754202947-1715778586.jpg

२ जेठ, हेटौडा । हेटौडा–१७ मा रहेको रानी खोला राजदेवी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बुधवारबाट हेटौडा...

सन्दीप लामिछानेले पाए सफाई
FB_IMG_1715776730960-1715777674.jpg

२ जेठ, काठमाण्डौं। क्रिकेटर सन्दीप लामिछानेले सफाई पाएका छन्। लामिछानेलाई बुधबार  उच्च अदालत पाटनले बलात्कार...

थप समाचार