१६ चैत, हेटौंडा । कोरोनाको संक्रमण रोक्न सरकारले गरेको लकडाउन कार्यान्वयन गर्न मकवानपुरको शहरी क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । तर मकवानपुरको पूर्वी क्षेत्रमा एउटा त्यस्तो गाउँ छ जसले आफुले आफैंलाई लकडाउन गरेको छ ।
३०÷३५ घर रहेको बागमती गाउँपालिकाको पाँचपाण्डवका स्थानीयले आफैंलाई लकडाउन गरेका छन् । उनीहरुले आफुलाई लकडाउन गर्दै बाहिरबाट आउनेलाई समेत गाउँ प्रवेशमा रोक लगाएका छन् । स्थानीयले गाउँ प्रवेश गर्ने दुई नाकामा तगारो राखेर सूचना राखेका छन् । गाउँमा एउटा मेडिकल छ, त्यहाँ पनि अनावश्यक व्यक्तिलाई आउन निषेध छ, अति आवश्यक विरामीलाई मात्रै प्रवेश अनुमति रहेको सूचनामा उल्लेख छ । नियम उल्लंघन गरेको पाईए कडा कारवाही गर्ने बजार टोल विकास समितिको सूचनामा लेखिएको छ । बजारमा सर्वसाधारण पनि केहीमात्रै घर बाहिर देखिए ।
‘विश्वभरका सरकारले कोरोनाको संक्रमण रोक्न कडाई गरेका छन्, नेपालमा पनि सरकारले लकडाउन गरेको छ ।’–स्थानीय तिलक राईले भने–‘बाहिरबाट आएकाहरुबाट रोग सर्न सक्ने भएकाले गाउँलेले आफु पनि बाहिर नजाने र बाहिरबाट आउनेलाई पनि प्रवेश गर्न नदिने सल्लाह भएको हो ।’ तागारोमा प्रष्टखबरकर्मी पुग्दा निगरानी गरिरहेका मुनालाल माझीले बजार क्षेत्रमा धेरै आवतजावत हुने भएकाले आफ्नै सुरक्षाका लागि रोक लगाएको बताए । अर्का स्थानीय सोमबहादुर माझै भन्दै थिए–‘आफ्नो ज्यान र अर्काको ज्यान एउटै हो नि, किन लापरवाही गर्नु भनेर आवातजावतमा कडाई गरेका हौं ।’ स्थानीयको सन्देश छ–कोरोनाबाट आफु बचौं, अरुलाई पनि बचाऔं ।
पाँचपाण्डमा लकडाउन कार्यान्वयन गर्न न प्रहरी आउनु परेको छ, न स्थानीयले नै उल्लंघन गरेका छन् । यो गाउँबाट अन्य क्षेत्रका स्थानीयले पनि सिक्नु जरुरी देखिन्छ ।
तगारोमा निगरानी गरिरहेका सोमलाल माझी
तगारोमा निगरानी गरिरहेका मुनालाल माझी
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...
२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

















