Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

बाग्मति गाउँपालिका

मकवानपुरको यो गाउँ जसले आफैंलाई लकडाउन गरेको छ

Pachpandab3-1585445732.jpg

१६ चैत, हेटौंडा । कोरोनाको संक्रमण रोक्न सरकारले गरेको लकडाउन कार्यान्वयन गर्न मकवानपुरको शहरी क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । तर मकवानपुरको पूर्वी क्षेत्रमा एउटा त्यस्तो गाउँ छ जसले आफुले आफैंलाई लकडाउन गरेको छ ।
३०÷३५ घर रहेको बागमती गाउँपालिकाको पाँचपाण्डवका स्थानीयले आफैंलाई लकडाउन गरेका छन् । उनीहरुले आफुलाई लकडाउन गर्दै बाहिरबाट आउनेलाई समेत गाउँ प्रवेशमा रोक लगाएका छन् । स्थानीयले गाउँ प्रवेश गर्ने दुई नाकामा तगारो राखेर सूचना राखेका छन् । गाउँमा एउटा मेडिकल छ, त्यहाँ पनि अनावश्यक व्यक्तिलाई आउन निषेध छ, अति आवश्यक विरामीलाई मात्रै प्रवेश अनुमति रहेको सूचनामा उल्लेख छ । नियम उल्लंघन गरेको पाईए कडा कारवाही गर्ने बजार टोल विकास समितिको सूचनामा लेखिएको छ । बजारमा सर्वसाधारण पनि केहीमात्रै घर बाहिर देखिए ।
‘विश्वभरका सरकारले कोरोनाको संक्रमण रोक्न कडाई गरेका छन्, नेपालमा पनि सरकारले लकडाउन गरेको छ ।’–स्थानीय तिलक राईले भने–‘बाहिरबाट आएकाहरुबाट रोग सर्न सक्ने भएकाले गाउँलेले आफु पनि बाहिर नजाने र बाहिरबाट आउनेलाई पनि प्रवेश गर्न नदिने सल्लाह भएको हो ।’ तागारोमा प्रष्टखबरकर्मी पुग्दा निगरानी गरिरहेका मुनालाल माझीले बजार क्षेत्रमा धेरै आवतजावत हुने भएकाले आफ्नै सुरक्षाका लागि रोक लगाएको बताए । अर्का स्थानीय सोमबहादुर माझै भन्दै थिए–‘आफ्नो ज्यान र अर्काको ज्यान एउटै हो नि, किन लापरवाही गर्नु भनेर आवातजावतमा कडाई गरेका हौं ।’ स्थानीयको सन्देश छ–कोरोनाबाट आफु बचौं, अरुलाई पनि बचाऔं ।
पाँचपाण्डमा लकडाउन कार्यान्वयन गर्न न प्रहरी आउनु परेको छ, न स्थानीयले नै उल्लंघन गरेका छन् । यो गाउँबाट अन्य क्षेत्रका स्थानीयले पनि सिक्नु जरुरी देखिन्छ ।

Pachpandab-1585445789.jpg
Pachpandab1-1585445795.jpg

तगारोमा निगरानी गरिरहेका सोमलाल माझी

Pachpandab2-1585445795.jpg

तगारोमा निगरानी गरिरहेका मुनालाल माझी

Pachpandab4-1585445796.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार