Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

यसकारण भयो पदमपोखरीमा हवाई फायर

Firing-1585451316.jpg

सांकेतिक तस्विर

१६ चैत, हेटौंडा । मकवानपुरको हेटौंडा-१३ पदमपोखरीमा शनिबार राति प्रहरीले हवाई फायर गरेको छ । 
दुई टोलका युवाहरुबीच भएको विवाद मिलाउने क्रममा अनियन्त्रिण भिड नियन्त्रण गर्न प्रहरीले ३ राउण्ड हवाई फायर गरेको मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले जानकारी दिए । प्रहरीका अनुसार शनिबार राति स्थानीय मिलन टोलका युवा र सांगे चोकका स्थानीयबीच विवाद भएको हो । मादक पदार्थ सेवन गरी सांगेचोक पुगेका युवाहरुलाई होहल्ला नगर्न भनेपछि विवाद शुरु भएको स्थानीयले बताएका छन् । 
दुई समूहबीच विवाद भएपछि इलाका प्रहरी कार्यालय पदमपोखरीबाट प्रहरी नायव निरीक्षकसहितको टोली घटनास्थलमा पुगेर सम्झाउने क्रममा स्थिति अनियन्त्रित भएपछि पदमपोखरीको टोलीले एक राउण्ड हवाई फायर गरेको थियो । 
थप मद्धतका लागि गएको इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले पनि स्थानीयको विवाद समाधान गर्न कोशिश गरेपनि प्रहरीमाथि नै ढुंगा प्रहार भएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक अरुणकुमार कुसवाहसहितको टोलीले विवाद गर्ने युवाहरुलाई नियन्त्रणमा लिने क्रममा ढुंगा प्रहार भएपछि प्रहरीले थप २ राउण्ड हवाई फायर गरेको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए । 
घटनामा प्रहरी भ्यानमा क्षति पुगेको छ र प्रहरीका एक हवल्दार घाइते भएका छन् । प्रहरीले २० बर्षीय रोशन बललाई नियन्त्रणमा लिएको छ । लकडाउनकै समयमा भएको घटनाबारे अनुसन्धान अघि बढाएको प्रहरी उपरीक्षक राठौंरले जानकारी दिए ।

यो पनि पढ्नुस्
हेटौंडाको पदमपोखरीमा‌ गोलि चल्यो


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरगढीमा मोटरसाइकल पल्टिदा दुई जना गम्भीर घाइते
images-1715755255.jpg

२ जेठ, हेटौंडा। आइतबार राति मकवानपुरगढी वडा नम्बर २ मा मोटरसाइकल पल्टिदा दुई जना घाईते भएका छन।  मकवानपुरगढि २...

चलचित्र पत्रकार संघ मकवानपुरले पत्रकार र कलाकर्मीलाई सम्मान गर्ने
Screenshot_20240515_09044-1715743200.jpg

२ जेठ, हेटौंडा । चलचित्र पत्रकार संघ मकवानपुरले चलचित्र पत्रकारिता दिवसमा पत्रकार र कलाकर्मीलाई सम्मान गर्ने...

सन्दीप लामिछानेको मुद्दामा आज पनि बहस हुँदै
sandip-1-1715735782.jpg

२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा आज...

पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु
20221157864_dubeko-1715735474.jpg

२ जेठ, हेटौंडा । बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बबई गाउँपालिका–७...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715734377.jpg

२ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  बागमती, गण्डकी, लुम्बिनी र...

मनहरीको दुई वडामा कांग्रेसको अगुवा कार्यकर्ता भेला
Screenshot_20240514_19531-1715695716.jpg

१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...

हेटौंडा १४ का वडाध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि दुर्व्यवहार
IMG_20240514_190529-1715693035.jpg

१ जेठ, हेटौंडा। समाचार संकलनकालागि हेटौंडा -१४ को कार्यालय मयुरधाप पुगेका २ जना  संचारकर्मीहरुलाई हेटौंडा १४ का...

कांग्रेसको नाराबाजीका कारण दुवै सदन अवरुद्ध
Screenshot_20240514_18293-1715691031.jpg

१ जेठ, हेटौंडा। प्रतिनिधिसभाको मंगलबार साँझ बसेको बैठक जेठ ३ गते बिहान बस्ने गरी स्थगित भएको छ। साँझ ६ बजेलाई...

अब शिक्षकले तलब मासिक रुपमै पाउने
Screenshot_20240514_16070-1715686930.jpg

१ जेठ, हेटौंडा। सरकारले आर्थिक वर्ष २०८१/८२ मा शिक्षकको तलब मासिक रुपमा प्रदान गर्ने भएको छ । मंगलबार राष्ट्रपति...

थप समाचार