Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अन्तराष्ट्रिय

कोरोना कहरः विश्वभर मर्नेको संख्या ३७ हजार ७ सय नाघ्यो

Opera-Snapshot_2020-03-31-1585618971.png

१८ चैत्र, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ३७ हजार ७ सय ८१ पुगेको छ ।
७ लाख ८४ हजार ४ सय ४० जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ । संक्रमितहरु ठूलो संख्यामा उपचार पछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार १ लाख ६५ हजार ३ सय ८७ जना उपचारपछि निको भएका छन् ।
कोरोनाको संक्रमणबाट सबैभन्दा बढी इटालीमा मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा इटालीमा थप ८१२ जनाको मृत्यु भएपछि त्यहा मृतकको संख्या ११ हजार ५ सय ९१ पुगेको छ । 
कोरोनासंग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा एकैदिन थप ९ सय १३ जनाको मृत्यु भएको छ । त्यहां कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार ७ सय १६ पुगेको छ । 
फ्रान्समा पनि मर्ने र संक्रमितको संख्या बढीरहेको तथ्याङकले देखाएको छ । फ्रान्समा अहिलेसम्म ४४ हजार ५ सय ५० जनामा संक्रमण भएको छ भने ३ हजार २४ जनाले ज्यान गुमाएका छन् । फ्रान्समा पछिल्लो २४ घण्टामा मात्रै ४ सय १८ जनाको ज्यान गएको छ । 
पछिल्लो समय कोरोना भाइरसको इपिसेन्टरको रुपमा विकास भइरहेको अमेरिकामा थप ५ सय ६५ जनाको मृत्यु भएको छ । यो संगै अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजरा १ सय ४८ पुगेको छ भने संक्रमितको संख्या १ लाख ६३ हजरा ४९० पुगेको छ । अमेरिकामा एकैदिन १९ हजार ९ सय ९९ जना संक्रमित भएको पुष्टि भएको छ । 
यस्तै दक्षिणपूर्वि एसियन राष्ट्र इरानमा २ हजार ७ सय ५७ जनाको मृत्यु भएको छ भने ३ हजार १ सय ८६ जना नायँ संक्रमित थपिएसँगै कुल संक्रमितको संक्रमितको संख्या ४१ हजरा ४ सय ९५ पुगेको छ । 
कोरोना संक्रमणबाट बेलायतमा १ हजार ४ सय ८ जनाको मृत्यु भएको छ । यस्तै जर्मनीमा ६ सय ४५ जनाको मृत्यु भएको छ भने बेल्जियममा मृत्यु हुनेको संख्या ५ सय १३ पुगेको छ । 
कोरोना भाइरसको उदगमस्थल चीनमा भने कोरोनको नयाँ संक्रमण र मृत्यु हुनेको संख्या घटेको छ । पछिल्लो समय चीनमा नयाँ संक्रमित ७९ जना फेला परेका छन भने मृत्यु हुनेको पछिल्लो संख्या ५ जना मात्रै रहेको छ । 
चीनमा अहिलेसम्म ८१ हजार ५ सय १८ संक्रमित भएका छन् भने ३ हजार ३ सय ५ जनाको मृत्यु भएको छ । चीनमा ७६ हजार ५२ जना उपचारपछि निको भएका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

थप समाचार