Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

कोभिड–१९ को परीक्षण विहीबारदेखी हेटौंडाबाटै हुने

unnamed-1585744955.jpg

१९ चैत्र, हेटौंडा । कोरोना भाइरस अर्थात कोभिड १९ को परीक्षण भोली विहीबारबाट बागमती प्रदेशको राजधानी हेटौंडाबाट पनि हुनेभएको छ । 
दक्षिण एसियामै पहिलोपटक हेटौंडा–१० मा स्थापित कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र को प्रयोगशालाबाट कोभिड–१९ को परीक्षण सुरु हुने भएको हो ।
प्रदेशको राजधानी हेटौंडामा रहेको कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रबाट कोभिड–१९ को परीक्षण गर्ने कार्यको तयारी पुरा भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता दीपेन्द्र सुबेदीले जानकारी दिए ।
ल्याबका आवश्यक सबै सामग्री र जनशक्ति हेटौंडा आइपुगेकोले २० गते विहान १० बजेदेखि नियमितरुपमा परीक्षण गरिने प्रवक्ता सुवेदीको भनाई छ । 
सरकारले प्रयोगशालाका लागि विज्ञका रुपमा विष्णु उपाध्याय र निर्मल आचार्यलाई खटाएको छ । 
छमेकी प्रदेश नम्बर–२ का विभिन्न जिल्लालाई समेत पायक पर्ने गरी हेटौंडामा प्रयोगशाला सञ्चालन गर्न तयारी भएको हो । 
पर्याप्तरुपमा परीक्षण गर्न पोलिमर चेन रियाक्सन मेसिन थप गरिने भएको छ । ब्याक्टेरिया, प्यारासाइटहरुका प्रजाति अध्ययन गर्न, भाइरसको स्वरुप परिवर्तनबारे बुझ्न हेटौंडामा स्थापित आधुनिक पोलिमर चेन रियाक्सन ल्याबलाई अब पूर्णक्षमतामा प्रयोगमा ल्याउन लागिएको हो । 
उपकरण, केमिकल र जनशक्ति व्यबस्थापन हुन नसक्दा ल्याब पूर्ण प्रयोगमा ल्याउन सकिएको थिएन । आवश्यक उपकरण हेटौंडामा भएर पनि कोरोना भाइरसको आशंका भए परीक्षणका लागि नमूना काठमाडौं नै पठाउनुपर्ने बाध्यता रहँदै आएको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार