२२ चैत, हेटौँडा । निर्वाचन आयोगले मकवानपुरसहित देशभरका मूख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको नामावली मंगलबार सार्वजनिक गरेको छ ।
कार्यालयले चैत २५ गतेदेखि लागु हुने गरी मकवानपुरमा एक मूख्य निर्वाचन अधिकृत र ९ निर्वाचन अधिकृत नियुक्त गरेको हो । नियुक्त भएका मूख्य निर्वाचन अधिकृत र अधिकृतहरुको नाम गोरखापत्रमा सार्वजनिक गरिएको छ ।
मकवानपुरको मूख्य निर्वाचन अधिकृतमा जिल्ला अदालत मकवानपुरका न्यायाधिश दयाराम ढकाल नियुक्त भएका छन् । उनलाई हेटौँडा उपमहानगरपालिकामा खटाईएको छ । थाहा नगरपालिकामा थाहा नगरपालिकाका कार्यकारी अधिकृत जीवनप्रसाद आचार्यलाई निर्वाचन अधिकृत तोकिएको छ ।
यसैगरी, बागमति गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत चन्द्रप्रकाश तिवारी, बकैया गाउँपालिकामा विशेष सरकारी वकिल कार्यालय काठमाडौंका उपन्यायाधिवक्ता रमेशकुमार सुवेदी, भीमफेदी गाउँपालिमा सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता हरिप्रसाद भट्ट, मनहरी गाउँपालिकामा मालपोत कार्यालय चितवन खैरहनीका उपसचिव विदुरप्रसाद खनाल निर्वाचन अधिकृत नियुक्त भएका छन् ।
मकवानपुरगढी गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय हेटौँडाका उपसचिव देवकुमार राई, राक्सिराङ गाउँपालिकामा उच्च सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता खडानन्द गौतम, कैलाश गाउँपालिकामा मालपोत कार्यालय मकवानपुरका उपसचिव मुक्तिनारायण भण्डारी र ईन्द्रसरोबर गाउँपालिकाका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई नियुक्त गरेको छ ।
नियुक्त भएका मूख्य निर्वाचन अधिकृतले २०७४ बैशाख ३ गते र निर्वाचन अधिकृतले बैशाख १२ गते आफ्नो कार्यालय स्थापना गर्नुपर्ने आयोगले जनाएको छ ।
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...






-1792888897.jpg)






-nepal-1792111426.jpg)




