२२ चैत, हेटौँडा । निर्वाचन आयोगले मकवानपुरसहित देशभरका मूख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको नामावली मंगलबार सार्वजनिक गरेको छ ।
कार्यालयले चैत २५ गतेदेखि लागु हुने गरी मकवानपुरमा एक मूख्य निर्वाचन अधिकृत र ९ निर्वाचन अधिकृत नियुक्त गरेको हो । नियुक्त भएका मूख्य निर्वाचन अधिकृत र अधिकृतहरुको नाम गोरखापत्रमा सार्वजनिक गरिएको छ ।
मकवानपुरको मूख्य निर्वाचन अधिकृतमा जिल्ला अदालत मकवानपुरका न्यायाधिश दयाराम ढकाल नियुक्त भएका छन् । उनलाई हेटौँडा उपमहानगरपालिकामा खटाईएको छ । थाहा नगरपालिकामा थाहा नगरपालिकाका कार्यकारी अधिकृत जीवनप्रसाद आचार्यलाई निर्वाचन अधिकृत तोकिएको छ ।
यसैगरी, बागमति गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत चन्द्रप्रकाश तिवारी, बकैया गाउँपालिकामा विशेष सरकारी वकिल कार्यालय काठमाडौंका उपन्यायाधिवक्ता रमेशकुमार सुवेदी, भीमफेदी गाउँपालिमा सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता हरिप्रसाद भट्ट, मनहरी गाउँपालिकामा मालपोत कार्यालय चितवन खैरहनीका उपसचिव विदुरप्रसाद खनाल निर्वाचन अधिकृत नियुक्त भएका छन् ।
मकवानपुरगढी गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय हेटौँडाका उपसचिव देवकुमार राई, राक्सिराङ गाउँपालिकामा उच्च सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता खडानन्द गौतम, कैलाश गाउँपालिकामा मालपोत कार्यालय मकवानपुरका उपसचिव मुक्तिनारायण भण्डारी र ईन्द्रसरोबर गाउँपालिकाका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई नियुक्त गरेको छ ।
नियुक्त भएका मूख्य निर्वाचन अधिकृतले २०७४ बैशाख ३ गते र निर्वाचन अधिकृतले बैशाख १२ गते आफ्नो कार्यालय स्थापना गर्नुपर्ने आयोगले जनाएको छ ।
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२१ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः १५ बजे बस्ने भएको हो । राष्ट्रियसभा सदस्य...
२१ साउन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व नेता डा. धवलशमशेर जबरा र अभियनता दुर्गा प्रसाईंले नयाँ...
२१ साउन, हेटौंडा । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नै रहने भएका छन् । नेकपा (एमाले) अध्यक्ष तथा...


















