Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा–६ मा लायन्स र रोहनि हाउजिङबाट १०० परिवारलाई राहत वितरण

L2-1585918647.jpg

२१ चैत, हेटौंडा । हेटौंडा वडा नम्बर ६ मा शुक्रबार लायन्स क्लव अफ हेटौंडा मुक्तिनाथ र रोहनि हाउजिङ  तथा स्वस्तिक डेब्लोपर प्रा लि को सहयोगमा एक सय परिवारलाई राहत वितरण गरिएको छ । 
रोहिणी हाउजिङ तथा स्वस्तिक डेब्लोपर प्रा लि बाट ७० परिवार र लायन्स क्लवबाट ३० परिवारका लागि राहत वितरण गरिएको छ । दाताहरुबाट प्राप्त सहयोग रामनगर, कल्याणटार, कुमल्टार र बारुतेमा वितरण गरिएको वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले बताए। 
राहत हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष चौलागाई, वडा सदस्यहरु राजकुमार बास्तोला, रामहरी राई, शुभद्रा तिमल्सिना, रोहनि हाउजिङ तथा स्वस्तिक डेब्लोपर प्रा लिका संचालकहरु ध्रुव घिमिरे, पवन तिमल्सिना, कमलराज मैनाली,सम्भु पुडासैनी, पुरुसोत्तम बानिया,लायन्स क्लव अफ हेटौंडा मुक्तिनाथका अध्यक्ष रोशन सापकोटा, सदस्य विजय पौडेल, टोल विकास नगर समन्वय समितिका सचिवालय सदस्य विष्णुप्रसाद ढुंगाना, टोल विकास ६ नम्बर वडा समन्वय समितिका अध्यक्ष केशव धिताल, रक्षादेवी टोल विकास संस्थाका कोषाध्यक्ष राजकुमार फुँयाल, कामधेनु बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गौरबकुमार पराजुली, संचारकर्मी भीमसेन पौडेल, युवा समाजसेवी जनकराज शर्मा लगायतको सहभागिता रहेको थियो । सहयोग सामग्री ढुवानीका लागि भूपु प्रहरी दुर्गाप्रसाद घिमिरेले आफ्नो गाडि सहयोग गरेका थिए । उनले कोरोना विरुद्धको अभियानका लागि हेटौंडा ६ नम्बर वडा कार्यालयलाई आफ्नो गाडि निःशुल्क उपलव्ध गराउने बताए । रोहणी हाउजिङको तर्फबाट अध्यक्ष धु्रव घिमिरे, कमलराज मैनाली, शम्भु पुडासैनी, पुरुषोतम बानियाँ र पवन तिमल्सिनाले ७० परिवारलाई सहयोग उपलव्ध गराएको वडा सदस्य बास्तोलाले बताए ।

हेटौंडा वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाई र वडा सदस्य राजकुमार बास्तोलाको व्यक्तिगत खर्च र दाताहरुको सहयोगमा वडाभरीका ३ सय १६ परिवारलाई राहत वितरण गरिएको छ । दैनिक ज्यालादारी गरेर गुजारा गर्ने र विपन्न परिवारलाई लकडाउनको समयमा दुई छाक टार्न समस्या नहोस् भन्ने उद्धेश्यले राहत वितरण गरेको बताउँदै अध्यक्ष चौलागाईले सहयोग गर्ने दाता र वितरणमा सहयोग पुर्याउने महानुभावहरुलाई धन्यवाद दिएका छन् । उनले आगामी दिनमा पनि सहयोगको लागि आग्रह गरेका छन् ।

L1-1585918709.jpg
L3-1585918710.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार