Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

नेपालमा कोरोना संक्रमितको संख्या ९ पुग्योः स्वास्थ्य मन्त्रालय

संक्रमण पहिलोपटक स्थानियमा पनि फैलियो ।

breffdec-1585999349.jpg

२२ चैत्र, हेटौंडा । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा कोरोना स्थानीयमा पनि फैलिएको छ । 
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा थप ३ जनामा कोरोना संक्रमण पोजेटिभ दिएको र पहिलो पटक कोरोना संक्रमण स्थानीयमा फैलिएको पुष्टि गरेका हुन् ।
यो विदेशबाट आएका नेपालीबाट स्थानीयमा सरेको पहिलो घटना हो । यसअघि विदेशबाट आएका मानिसमा मात्रै कोरोना संक्रमण देखिदै आएको थियो । 
प्रवक्ता देबकोटाले कैलाली र कञ्चनपुरको क्वारेन्टाईनमा बसेका ३४ बर्षिया महिला, २१ बर्षिय पुरुष, र ४१ बर्षिय पुरुषमा कोरोना पोजिटिभ देखिएको जानकारी दिए ।
प्रवक्ता देवकोटाका अनुसार नमुना परीक्षण पोजेटिभ देखिएपछि तीनै जनालाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लगिएको छ । दुवै पुरुष भारतबाट आएका हुन् । संक्रति महिला भने एकजना संक्रमितको परिवारको सदस्य भएको डाक्टर देवकोटाले बताए ।
उनले संक्रमित २ जना टेकू, २ जना बाग्लुङस्थित अस्पतालमा र ४ जना धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । 
यस्तै प्रवक्ता देवकोटाले स्थानीयमा संक्रमण फैलिएसंगै नेपाल कोरोना संक्रमण फैलावटको दोश्रो चरणमा प्रवेश गरेकाले विदेशबाट आएकाहरुलाई अनिवार्य रुपमा क्वारेन्टाईनमा बसिदिन अनुरोध गरेका छन् ।
यसअघि मन्त्रालयका विज्ञहरुले कोरोनाको स्थानीय संक्रमण नभएकाले विदेशबाट आएकालाई मात्रै क्वारेन्टाईनमा बस्नका लागि प्राथमिकता दिदै आएका थिए ।  
पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार, सनिबारसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिले सम्म १ हजार ४ सय ४१ वटा नमुना परीक्षण भएको छ भने काठमाण्डौ उपत्यकामा १५ जना र काठमाण्डौ बाहिर ५४ गरी ६९ जना आइसोलेसन छन् ।
डाक्टर देवकोटाले नमुना परीक्षणको दायरा बढाईरहेको र अहिले काठमाण्डौ बाहिर जनकपुर, धरान, हेटौडा, पोखरा, धनगढी र सुर्खेतमा नमुना परीक्षण भईरहेको तथा  चितवन र बुटवलमा भोलीबाट सूरु गरिने जानकारी दिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार