२३ चैत, हेटौंडा । लकडाउनको समयमा दैनिक उपभोग्य सामग्रीका खाद्यान्न पसल, तरकारी पसल मकवानपुरमा बिहान १० बजेदेखि ३ बजे सम्म खुल्ला गरिएको छ । उक्त समयमा मुख्य गरेर तरकारी पसलमा मानिसको भीड देखिने गरेको छ ।
तरकारी किन्न हेटौंडा–१० स्थित तरकारी बजार र हेटौंडा–४ स्थित ख्वपगल्लीमा भिड लाग्ने गर्दछ । लकडाउनका समयमा अत्यावश्यक काम बाहेक हिडडुल नगर्नु भनेपनि किनमेलको बहानामा सर्वसाधारण दिनभर बजार डुल्ने गरेका छन् । ‘अहिले आधा किलो गोलभेडा र एक किलो आलुको झोला मोटरसाइकलमा हालेर किनमेल भन्दै दिनभर घुम्ने बढेका छन् ।’–मेनरोडमा भेटिएका एक व्यापारीले भने । लकडाउन भन्नु भन्दा खुल्ला गर्दा नै उपयुक्त हुने उनको भनाई छ । बिहान १० बजे देखि ३ बजे सम्म प्रशासनले तरकारी किन्न र विक्री वितरण गर्न अनुमति दिएपछि यसअघि कडाई गर्ने गरेको प्रहरीलाई पनि समस्या परेको छ ।
‘लकडाउन भनेर हामी चैं हिडेर पुग्दा त कोहि कार लिएर त कोहि मोटरसाइकल लिएर तरकारी किन्न भिड लागेको पो देखियो ।’–एक उपभोक्ताले भने–‘यो लकडाउन चर्को स्वरमा बोल्न नसक्ने, श्रमिक र गरिबलाई मात्रै हो जस्तो छ ।’ तरकारी बजारमा भिड बढेको बारे प्रतिक्रिया माग्दा वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले दुरी कायम गरेर किनमेल गर्न घेराको व्यवस्था गरिएको र आग्रह समेत गरेको बताए । ‘प्रहरीले धेरै पटक अनुरोध गरेपनि सर्वसाधारणले उल्टै तरकारी किन्न पनि नपाउने भन्दै ठाडो जवाफ दिन्छन्, तै पनि दुरी कायम गराउने प्रयास गरिएको छ ।’
प्रहरीले तरकारी बजार प्रवेश गर्ने नाकामा सवारी प्रवेशमा कडाई गरेपनि हरेक व्यक्ति दैनिक वा दिनमा २ पटकसम्म तरकारी किनमेलको बहानामा बजार आउने गर्दा भिड बढेको छ ।
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

















-nepal-1793665142.jpg)
