Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कहाँबाट आयो राउतलाई मेयर बन्ने सोच ?

Mahendra-Raut-1491467194.jpg

२४ चैत, हेटौँडा । महेन्द्र राउत अर्थात मकवानपुर उद्योग बाणिज्य संघका महासचिव । लामो समय नेतृत्व गरी नेपाल विद्यार्थी संघ मकवानपुर अध्यक्षको जिम्मेवारी राजु खतिवडालाई सुम्पिएका थिए । 
मकवानपुर उद्योग बाणिज्य संघको महासचिव रहेका राउतलाई धेरैले संघको आगामी अध्यक्षको उम्मेदवार बन्न सक्ने अड्कल गरेका थिए । तर धेरैको अड्कल विपरित केही दिन अघिको एक कार्यक्रममा उनले हेटौँडा उपमहानगरपालिकाको मेयर रुपमा आकांक्षा राखे । कार्यक्रममा सहभागीले अपेक्षा नगरेको विषय एक्कासी राउतबाट आएपछि तरुण दलले आयोजना गरेको कार्यक्रमस्थलमा सहभागी कांग्रेसबृत्तमा खासखुस शुरु भयो । 
राउतलाई कसरी आयो त मेयर बन्ने सोच ? राउतले आफुलाई व्यवसायिक क्षेत्रबाट मेयर बन्नुपर्ने सुझाव आईरहेको बताए । प्रष्टखबरलाई प्रतिक्रिया दिंदै उनले आफु व्यवसायिक क्षेत्रमा रहेकाले व्यवसायिक हितमा आवाज उठाउने व्यक्ति हेटौँडाको मेयर हुनुपर्ने भन्दै आफुलाई यस्तो सुझाव आएको बताए । उनले भने–‘नीजि क्षेत्रले व्यवसायिक चासोलाई ध्यानमा राखी मेयरको उम्मेदवारको रुपमा प्रस्तुत हुनुपर्ने सुझाव दिईएको हो, तर पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले पार्टीको निर्णय अनुसार मात्रै अघि बढ्छु ।’ 
लामो समयसम्म नेपाल विद्यार्थी संघको जिम्मेवारी निर्वाहसँगै पार्टीमा समेत आफ्नो अनुभव खर्चिएको भन्दै उनले भने–‘यत्तिको अनुभवी युवालाई स्थानीय तहको नेतृत्वमा देख्ने आकांक्षा राख्नु नौलो होइन ।’ आफु जस्तै पार्टीमा खटेका अग्रज र समकालिन कार्यकर्ता मेयरका लागि आकांक्षी रहेकाले सबैको भावनाको सम्बोधन गर्दै पार्टीले निर्णय लिनुपर्नेमा उनको जोड छ । उनले पार्टीको उम्मेदवारलाई विजयी गराउन सबै जुट्नुपर्ने समेत उनको सुझाव छ । स्थानीय तहको उम्मेदवार छनौट गर्दा पार्टीमा भिजेकालाई उचित जिम्मेवारी दिनुपर्ने उनको भनाई छ ।
हेटौँडा अस्पतालको अध्यक्षमा समेत नाम आएका उनी रमेश गिरीको नाम आएपछि पछि हटेका थिए । हेटौँडा उपमहानगरपालिकाको मेयरको रुपमा नेपाली कांग्रेसबाट नगर सभापति आनन्दराम पराजुली र पूर्व उपसभापति एवं वर्तमान सल्लाहकार अशोक शाक्यको नाम चर्चामा छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

थप समाचार