२४ चैत, हेटौँडा । महेन्द्र राउत अर्थात मकवानपुर उद्योग बाणिज्य संघका महासचिव । लामो समय नेतृत्व गरी नेपाल विद्यार्थी संघ मकवानपुर अध्यक्षको जिम्मेवारी राजु खतिवडालाई सुम्पिएका थिए ।
मकवानपुर उद्योग बाणिज्य संघको महासचिव रहेका राउतलाई धेरैले संघको आगामी अध्यक्षको उम्मेदवार बन्न सक्ने अड्कल गरेका थिए । तर धेरैको अड्कल विपरित केही दिन अघिको एक कार्यक्रममा उनले हेटौँडा उपमहानगरपालिकाको मेयर रुपमा आकांक्षा राखे । कार्यक्रममा सहभागीले अपेक्षा नगरेको विषय एक्कासी राउतबाट आएपछि तरुण दलले आयोजना गरेको कार्यक्रमस्थलमा सहभागी कांग्रेसबृत्तमा खासखुस शुरु भयो ।
राउतलाई कसरी आयो त मेयर बन्ने सोच ? राउतले आफुलाई व्यवसायिक क्षेत्रबाट मेयर बन्नुपर्ने सुझाव आईरहेको बताए । प्रष्टखबरलाई प्रतिक्रिया दिंदै उनले आफु व्यवसायिक क्षेत्रमा रहेकाले व्यवसायिक हितमा आवाज उठाउने व्यक्ति हेटौँडाको मेयर हुनुपर्ने भन्दै आफुलाई यस्तो सुझाव आएको बताए । उनले भने–‘नीजि क्षेत्रले व्यवसायिक चासोलाई ध्यानमा राखी मेयरको उम्मेदवारको रुपमा प्रस्तुत हुनुपर्ने सुझाव दिईएको हो, तर पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले पार्टीको निर्णय अनुसार मात्रै अघि बढ्छु ।’
लामो समयसम्म नेपाल विद्यार्थी संघको जिम्मेवारी निर्वाहसँगै पार्टीमा समेत आफ्नो अनुभव खर्चिएको भन्दै उनले भने–‘यत्तिको अनुभवी युवालाई स्थानीय तहको नेतृत्वमा देख्ने आकांक्षा राख्नु नौलो होइन ।’ आफु जस्तै पार्टीमा खटेका अग्रज र समकालिन कार्यकर्ता मेयरका लागि आकांक्षी रहेकाले सबैको भावनाको सम्बोधन गर्दै पार्टीले निर्णय लिनुपर्नेमा उनको जोड छ । उनले पार्टीको उम्मेदवारलाई विजयी गराउन सबै जुट्नुपर्ने समेत उनको सुझाव छ । स्थानीय तहको उम्मेदवार छनौट गर्दा पार्टीमा भिजेकालाई उचित जिम्मेवारी दिनुपर्ने उनको भनाई छ ।
हेटौँडा अस्पतालको अध्यक्षमा समेत नाम आएका उनी रमेश गिरीको नाम आएपछि पछि हटेका थिए । हेटौँडा उपमहानगरपालिकाको मेयरको रुपमा नेपाली कांग्रेसबाट नगर सभापति आनन्दराम पराजुली र पूर्व उपसभापति एवं वर्तमान सल्लाहकार अशोक शाक्यको नाम चर्चामा छ ।
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...


-1792888897.jpg)










-nepal-1792111426.jpg)




