२४ चैत्र, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ६९ हजार नाघेको छ ।
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म ज्यान गुमाउनेको संख्या ६९ हजार ४ सय २६ पुगेको हो । एकैदिन थप ४ हजार ७ सय ३६ जनाको मृत्युभएपछि यो भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्याले ६९ हजार नाघेको हो ।
अहिलेसम्म १२ लाख ७२ हजार ९सय जनामा भाइरस संक्रमणको पुष्टि भएको छ । संक्रमितको संख्या एकैदिन ७१ हजार ४ सय १७ थपिएको छ ।
संक्रमितहरु मध्ये ठूलो संख्यामा उपचारपछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार २ लाख ६२ हजार ३ सय ३१ जना उपचारपछि निको भएका ।
यस्तै भाइरसका संक्रमणका कारण अहिले ४५ हजार ५ सय ८९ जना गम्भीर अवस्थामा उपचार गराइरहेका छन् । ८ लाख ९५ हजार ५ सय ५४ जनाको अवस्था मध्यम रहेको छ ।
कोरोनाको चर्को महामारी खेपिरहेको इटलीमा अहिलेसम्म १५ हजार ८ सय ८७ जनाले ज्यान गुमाएका छन् । यो संख्या विश्वकै सबैभन्दा बढी हो । इटालीमा एकैदिन ५ सय ८७ जनाले ज्यान गुमाएका छन् । इटालीमा पछिल्लो समय ४ हजार ३ सय १६ जना नयाँ संक्रमित थपिएका छन् । गएको केहीदिनको तुलनामा नयाँ संक्रमित र मृतकको संख्यामा इटालीमा कमि आएको छ ।
यसैगरी कोरोनासंग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा ज्यान गुमाउनेको संख्या १२ हजार ६ सय ४१ पुगेको छ । स्पेनमा ६ सय ९४ जना थप मृत्यु भएको छ भने ५ हजार ४ सय ७८ जना नयाँ संक्रमित थपिएका छन् ।
यता पछिल्लो समय कोरोना भाइरसको इपिसेन्टर बनिरहेको अमेरिकामा थप १ हजार १ सय ६५ जनाको मृत्यु भएपछि यहाँ ज्यान गुमाउँनेको संख्या ९ हजार ६ सय १६ पुगेको छ । विश्वको सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा एकैदिन २५ हजार ३ सय १६ जना नयाँ संक्रमित थपिएपछि यहाँ ३ लाख ३६ हजार ६ सय ७३ जना संक्रमित पुगेको छ ।
यस्तै फ्रान्समा एकैदिन ५ सय २५ जनाले गुमाएपछि यहाँ मर्नेको संख्या ८ हजार ७८ पुगेको छ । यहाँ संक्रमितको संख्या ९२ हजार ८ सय ३९ पुगेको छ ।
यसैगरी मध्यपूर्वी एसियाली मुलुक इरानमा ३ हजार ६ सय ३, बेलायतमा ४ हजार ९ सय ३४, बेल्जियममा १ हजरा ४ सय ४७, नेदरल्याण्डसमा १ हजार ७ सय ६६, जर्मनीमा १ हजार ५ सय ८४ र स्विटजरल्याण्डमा ७ सय १५ जनाले ज्यान गुमाएका छन् ।
कोरोना भाइरसको उदगमस्थन चीनमा भने ज्यान गुमाउनेको संख्या स्थिर जस्तै भएको छ । पछिल्ला केही दिन यता चीनमा ज्यान गुमाउनेको संख्या निक्कै घटेको छ । यहाँ अहिलेसम्म ३ हजार ३ सय ३१ जनाले ज्यान गुमाएका छन् ।
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...








-nepal-1792458398.jpg)









