२४ चैत्र, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ६९ हजार नाघेको छ ।
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म ज्यान गुमाउनेको संख्या ६९ हजार ४ सय २६ पुगेको हो । एकैदिन थप ४ हजार ७ सय ३६ जनाको मृत्युभएपछि यो भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्याले ६९ हजार नाघेको हो ।
अहिलेसम्म १२ लाख ७२ हजार ९सय जनामा भाइरस संक्रमणको पुष्टि भएको छ । संक्रमितको संख्या एकैदिन ७१ हजार ४ सय १७ थपिएको छ ।
संक्रमितहरु मध्ये ठूलो संख्यामा उपचारपछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार २ लाख ६२ हजार ३ सय ३१ जना उपचारपछि निको भएका ।
यस्तै भाइरसका संक्रमणका कारण अहिले ४५ हजार ५ सय ८९ जना गम्भीर अवस्थामा उपचार गराइरहेका छन् । ८ लाख ९५ हजार ५ सय ५४ जनाको अवस्था मध्यम रहेको छ ।
कोरोनाको चर्को महामारी खेपिरहेको इटलीमा अहिलेसम्म १५ हजार ८ सय ८७ जनाले ज्यान गुमाएका छन् । यो संख्या विश्वकै सबैभन्दा बढी हो । इटालीमा एकैदिन ५ सय ८७ जनाले ज्यान गुमाएका छन् । इटालीमा पछिल्लो समय ४ हजार ३ सय १६ जना नयाँ संक्रमित थपिएका छन् । गएको केहीदिनको तुलनामा नयाँ संक्रमित र मृतकको संख्यामा इटालीमा कमि आएको छ ।
यसैगरी कोरोनासंग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा ज्यान गुमाउनेको संख्या १२ हजार ६ सय ४१ पुगेको छ । स्पेनमा ६ सय ९४ जना थप मृत्यु भएको छ भने ५ हजार ४ सय ७८ जना नयाँ संक्रमित थपिएका छन् ।
यता पछिल्लो समय कोरोना भाइरसको इपिसेन्टर बनिरहेको अमेरिकामा थप १ हजार १ सय ६५ जनाको मृत्यु भएपछि यहाँ ज्यान गुमाउँनेको संख्या ९ हजार ६ सय १६ पुगेको छ । विश्वको सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा एकैदिन २५ हजार ३ सय १६ जना नयाँ संक्रमित थपिएपछि यहाँ ३ लाख ३६ हजार ६ सय ७३ जना संक्रमित पुगेको छ ।
यस्तै फ्रान्समा एकैदिन ५ सय २५ जनाले गुमाएपछि यहाँ मर्नेको संख्या ८ हजार ७८ पुगेको छ । यहाँ संक्रमितको संख्या ९२ हजार ८ सय ३९ पुगेको छ ।
यसैगरी मध्यपूर्वी एसियाली मुलुक इरानमा ३ हजार ६ सय ३, बेलायतमा ४ हजार ९ सय ३४, बेल्जियममा १ हजरा ४ सय ४७, नेदरल्याण्डसमा १ हजार ७ सय ६६, जर्मनीमा १ हजार ५ सय ८४ र स्विटजरल्याण्डमा ७ सय १५ जनाले ज्यान गुमाएका छन् ।
कोरोना भाइरसको उदगमस्थन चीनमा भने ज्यान गुमाउनेको संख्या स्थिर जस्तै भएको छ । पछिल्ला केही दिन यता चीनमा ज्यान गुमाउनेको संख्या निक्कै घटेको छ । यहाँ अहिलेसम्म ३ हजार ३ सय ३१ जनाले ज्यान गुमाएका छन् ।
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...




-nepal-1782349446.jpg)











-1780-1781487498.jpg)

