Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अन्तराष्ट्रिय

कोरोना कहरः विश्वभर मृत्यु हुनेको संख्या ७४ हजार नाघ्यो

211-1586223897.png

२५ चैत्र, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ७४ हजार नाघेको छ । 
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म ज्यान गुमाउनेको संख्या ७४ हजार ६ सय ४७ पुगेको हो । एकैदिन थप ५ हजार २ सय २१ जनाको मृत्युभएपछि यो भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्याले ७४ हजार नाघेको हो ।
अहिलेसम्म १३ लाख ४५ हजार ७ सय ५१ जनामा यो भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या एकैदिन ७२ हजार ८ सय ५० थपिएको हो । यो संख्या पछिल्लो दिनको तुलनामा बढी हो । 
संक्रमितहरु मध्ये ठूलो संख्यामा उपचारपछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार २ लाख ७८ हजार ४ सय २८ जना उपचारपछि निको भएका छन् ।
यस्तै भाइरसका संक्रमणका कारण अहिले ४७ हजार ५ सय १८ जना गम्भीर अवस्थामा उपचार गराइरहेका छन् । ९ लाख ४५ हजार १ सय ५८ जनाको अवस्था मध्यम रहेको छ । 
कोरोनाको संक्रमणबाट सबैभन्दा बढी मानिसको ज्यान गएको इटलीमा अहिलेसम्म १६ हजार ५ सय २३ जनाले ज्यान गुमाएका छन् । यो संख्या विश्वकै सबैभन्दा बढी हो । 
इटालीमा पछिल्लो समय ६ सय ३६ जनाले मृतक थपिएका छन् भने  ३ हजार ५ सय ९९ जना नयाँ संक्रमित थपिएका छन् । गएको केहीदिनको तुलनामा नयाँ संक्रमित र मृतकको संख्यामा इटालीमा कमि आएको छ ।
यसैगरी कोरोनासंग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा ज्यान गुमाउनेको संख्या १३ हजार ३ सय ४१ पुगेको छ । स्पेनमा ७ सय जना थप मानिको मृत्यु भएको छ भने ५ हजार २९ जना नयाँ संक्रमित थपिएका छन् ।
यता पछिल्लो समय कोरोना भाइरसको इपिसेन्टर बनिरहेको अमेरिकामा थप १ हजार २ सय ५५ जनाको मृत्यु भएपछि यहाँ ज्यान गुमाउँनेको संख्या १० हजार ८ सय ७१ पुगेका छ । विश्वको सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा एकैदिन ३० हजार ३ सय ३१ जना नयाँ संक्रमित थपिएपछि यहाँ ३ लाख ६७ हजार ७ सय ४ जना संक्रमित पुगेको छ । 
यस्तै फ्रान्समा एकैदिन ८ सय ३३ जनाले गुमाएपछि यहाँ मर्नेको संख्या ८ हजार ९ सय ११ पुगेको छ । यहाँ संक्रमितको संख्या ९८ हजार १० रहेको छ ।
यसैगरी कोरोना भाइरसको संक्रमणबाट फ्रान्समा ८ हजार ९ ११, बेलायतमा ५ हजार ३ सय ७३, मध्यपूर्वी एसियाली मुलुक इरानमा ३ हजार ७ सय ३९, जर्मनी १ हजार ८ सय १०, नेदरल्याण्डसमा १ हजार ८ सय ६७, बेल्जियममा १ हजरा ६ सय ३२ जनाले ज्यान गुमाएका छन् ।
कोरोना भाइरसको उदगमस्थन चीनमा भने ज्यान गुमाउनेको संख्या स्थिर जस्तै भएको छ । पछिल्ला केही दिन यता चीनमा ज्यान गुमाउनेको संख्या निक्कै घटेको छ । यहाँ अहिलेसम्म ३ हजार ३ सय ३१ जनाले ज्यान गुमाएका छन् ।
 

122-1586223898.png

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार