२५ चैत, हेटौंडा ।जनप्रतिनिधिले सामाजिक हितमा काम गरोस् भन्ने जनताको चाहना हुन्छ, त्यसकै लागि उनीहरुलाई जनताले जिताएर पठाउँछन् । उनीहरुको काम नै दुःख पिडामा मलम लगाउनु हो । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै देश अहिले लकडाउनमा छ ।
लकडाउन प्रभावकारी बनाउन सबैले आफ्नो ढंगबाट सहयोग गरिरहेका छन् । हेटौंडाकी एक जनप्रतिनिधि १५ दिनदेखि निरन्तर सडकमा लकडाउन प्रभावकारी बनाउन खटिने सुरक्षाकर्मीलाई चिया खुवाउँदै आएकी छिन् । प्रष्टखबरकर्मी दिउँसो हेटौंडा १० स्थित बसपार्क क्षेत्रमा रिपोर्टिङका क्रममा पुग्दा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० की वडा सदस्य साधना श्रेष्ठ र हेटौंडा–१० स्थित आदर्श टोल विकास संस्थाकी अध्यक्ष शान्ता गजुरेल सुरक्षाकर्मीलाई चिया लिएर आउँदै गरेको भेटियो । ‘आज अलि ढिलो भयो, दुःख नमान्नु ल ?’–उनले बसपार्क क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई भनिन् ।
वडा सदस्य श्रेष्ठ र टोल विकास संस्थाकी अध्यक्ष गजुरेलले बसपार्क क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई चिया खुवाउदैको आएको बताए । ‘देश अहिले लकडाउनमा रहेको बेला सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ, त्यही भएर हामीले घर नजिक दिनभर घाममा खटिएर लकडाउन प्रभावकारी बनाउन खटिएका सुरक्षाकर्मीलाई चिया खुवाउँदै आएका छौं ।–उनीहरुले भने । वडा सदस्य श्रेष्ठले ड्युटीका कारण प्रहरीलाई खाजा खानेसमेत फुर्सद नहुने भन्दै तातो चिया भनेपनि पिउने व्यवस्था गरेको बताईन् । सुरक्षाकर्मीलाई थकान केही भने नि कम होस् भन्ने उद्धेश्यले चिया बनाएर ल्याउने गरेको आदर्श टोल विकास संस्थाकी अध्यक्ष गजुरेलले बताइन् ।
यस्तै, आफ्नो क्षेत्रमा रहेका सुरक्षाकर्मीलाई सामान्य सहयोग गर्न सके उनीहरुलाई केही राहत मिल्ने देखिन्छ । तर प्रहरीको माथिल्लो निकायबाट कसैबाट पनि सहयोग नलिन भनेका कारण प्रहरीहरु भने प्रचारको उद्धेश्य विना कसैले दिने पानी, चिया खान पनि डर मानिरहेका छन् ।
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

















-nepal-1793665142.jpg)
