Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

लकडाउनमा हेटौंडामा के गर्दैछन् फुटबलर रन्जन र अन्जन ?

Ranjan-Anjan-1586312821.jpg

२६ चैत, हेटौंडा । फुटबल खेलाडी उत्पादनको हिसाबले मकवानपुर जिल्ला पनि अग्रस्थानमा आउँँछ । नेपालको पुरुष फुटबलको राष्ट्रिय टोलीमा मकवानपुरका चारजना खेलाडीले नियमित रूपमा स्थान बनाइरहेका छन् । अन्य खेलाडीहरूको पनि राष्ट्रिय टोलीमा स्थान बनाउने र बाहिरिने क्रम चलिरहेको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को असर देशका चर्चित फुटबलरमा पनि परिरहेको छ । 
मकवानपुरबाट राष्ट्रिय टोलीमा रहेका खेलाडी अन्जन विष्ट, रन्जन विष्ट, सुनील बल र एलन न्यौपाने हुन् । रन्जन र अन्जन दाजुभाइ हुन् । कोरोनाका कारण अहिले विष्ट दाजुभाइ र सुनील हाल गृहनगर हेटौंडामै छन् भने एलन एक महिनाअगाडि मात्र अस्ट्रेलियातर्फ लागेका थिए । विभिन्न उमेर समूहमा नेपालको राष्ट्रिय टोलीको जर्सी लगाएर मैदानमा उत्रेका विंगर तथा च्यासलका कप्तान अमिर श्रेष्ठ र मनाङ मस्र्याङ्दी क्लबका गोलरक्षक अशोक बराल पनि हेटौंडामै छन् ।
मनाङको अग्रपंक्ति सम्हालिरहेका विष्ट दाजुभाइ आफूलाई फिट राख्नका लागि हेटौंडा–१० स्थित घर नजिकै रहेको वनविज्ञान अध्ययन संस्थान (फरेस्ट्री) मैदानमा बेलुकी समयमा प्रशिक्षण गरिरहेका छन् । ‘क्लबमा हुँदा समूहमा रहेर प्रशिक्षकको निर्देशन अनुसार प्रशिक्षण गरिन्थ्यो । अहिले एक्लै आफूलाई फिट राख्नका लागि प्रशिक्षण गरिरहेको छु,’ अन्जनले बेलुकी समय प्रशिक्षणमा बिताए पनि बिहान र दिउँसो घरमै बसिरहेको बताए । गायनमा सौखिन उनी गिटार बजाएर दिन काटिरहेको बताउँछन् ।
रन्जन भने बिहान र दिउँसो घरमै बसिरहेको र बेलुकाको समयमा ‘सेल्फ’ प्रशिक्षण गरिरहेको बताउँछन् । ए डिभिजन लिग र मोफसलमा भएका विभिन्न नकआउट फुटबल प्रतियोगितापछि घरमा आएर परिवारसँग बस्दा आफूलाई फिट महसुस गरेको उनले सुनाए । भने, ‘लिगलगत्तै विभिन्न जिल्लामा भएको नकआउट फुटबलको व्यस्तताबाट राहत मिलेको छ ।’ उनले फुटबलप्रेमी एवं सबैलाई कोरोनाबाट बच्नका लागि सुरक्षित घरमै बस्नआफ्नो फेसबुक पेजमार्फत् आग्रह गरिरहेको बताए ।
नेपालले आफ्नै भूमिमा १३ औं सागमा फुटबलको स्वर्ण पदक जित्दा महत्त्वपूर्ण भूमिका खेलेका सुनील अहिले हेटौंडा–१४ स्थित आफ्नै घरमा छन् । ‘घर नजिकैको चौरमा बिहान र बेलुका पसिना बगाइरहेको छु । यो समयमा कहाँ जानु । घरमै बसेर दिन बितिरहेको छ,’ उनले लिगमा च्यासलबाट खेल्दा सोचेजस्तो नतिजा नआए पनि अझै आफ्नो खेललाई कसरी तिखार्न सकिन्छ भनेर भरपूर सोच्ने मौका लकडाउनले दिएको बताए । ‘अन्य क्लबमा जानेबारे अहिल्यै सोचेको छैन,’ थ्रीस्टार छाडेर लिगअघि च्यासलमा आबद्ध उनले भने ।
‘ए’ डिभिजन लिगमा विपक्षी खेलाडीविरुद्ध अभद्र व्यवहार गरेपछि कारबाही भोगेका अशोक बराल पनि अहिले फरेस्ट्रीमै अभ्यास गरिरहेकै भेटिन्छन् । मनाङले धरानमा भएको बुढासुब्बा गोल्डकप र पोखराको आहा–रारा गोल्डकप जित्दा उत्कृष्ट गोलरक्षक घोषित अशोक आफूलाई फिट राख्न बिहान र बेलुका नै प्रशिक्षण गरिरहेको बताउँछन् । यस्तै अमिर श्रेष्ठ पनि हेटौंडा–९ स्थित पशुपतिनगरमा रहेको औद्योगिक क्षेत्रको मैदानमा नियमित प्रशिक्षण गरिरहेका छन् । ‘घर नजिकैको जुनियर भाइ र म दैनिक प्रशिक्षण गरिरहेका छौं,’ अमिरले लकडाउनको दिनदेखि नै घरबाट मैदानबाहेक अन्यत्र नगएको सुनाए ।
संकटा क्लबसँग आबद्ध मकवानपुरे गोलरक्षक रोहित कार्की र बिग्रेड ब्वाइजका डिफेन्डर एन्जल महर्जनलगायतका खेलाडी पनि अहिले घरमै छन् । जिल्ला फुटबल संघ मकवानपुरका प्रशिक्षक विजयलाल श्रेष्ठ आफूसँग नियमित रूपमा प्रशिक्षण गर्ने करिब ४० भन्दा बढी खेलाडीलाई लकडाउनको घोषणा भएसँगै घरमै बसेर सामान्य अभ्यास गर्न आग्रह गरिएको बताउँछन्  ।
(समाचार र तस्विर कान्तिपुरका संवाददाता सुवास विडारीबाट)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार