२६ चैत, हेटौंडा । हेटौंडामा आर्थिक अभावका कारण अलपत्र परेपछि उद्धार गरी पठाईएका बालकको काठमाडौंमा सफल अपरेशन भएको छ । तिलगंगा आँखा अस्पताल काठमाडौंमा हेटौंडा–१७ राजदेवीका ६ बर्षीय सन्तोष कार्कीको सफल अपरेशन भएको हो ।
अस्पतालका डा. मिराज पोखरेल र डा. प्रकृति पोखरेलको टोलीले उनको मंगलबार सफल अपरेशन गरेको छ । अल्का अस्पतालका चिकित्सक युथ फर नेशन एवं युथ डक्टर्स एशोसियसनका आकस्मिक सहयोगतर्फका संयोजक डा.निकोलस भुसालको सहयोगमा उनको निःशुल्क अपरेशन भएको छ । सामुदायिक आँखा अस्पताल हेटौंडाका कार्यकारी अधिकृत सुधिर श्रेष्ठले निःशुल्क उपचारका लागि समन्वय गरिदिएका थिए । आर्थिक अवस्था कमजोर रहेका उनको उपचारका लागि हेटौंडा लेडि जेसीज २०२० की अध्यक्ष सुशिला पौडेलको पहलमा कर्मशिल समाज नेपालका अभियन्ता अर्जुनराज पौडेलले ३ हजार रुपैंया सहयोग गरेका थिए ।
दाजुभाइ खेल्ने क्रममा आँखामा चोट लागेर हेटौंडास्थित सामुदायिक आँखा अस्पताल ल्याईएकोमा तिलगंगा रिफर गरिएको थियो । तिलगंगा लैजान आर्थिक अभाव भएको जानकारी टिसिएन चोकमा ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षक सुरेन्द्र हजरा र प्रहरी हवल्दार सिता खत्रीले रिपोर्टिङका क्रममा त्यहाँ पुगेका संचारकर्मी सुनिल शिवाकोटी र रुपेश दुलाललाई दिएकी थिईन् । उनीहरुले समाजसेवी विकेशलाल श्रेष्ठसंग आर्थिक सहयोगका लागि आग्रह गरेका थिए । बालकको उपचारका लागि श्रेष्ठबाट ५ हजार रुपैंया र हेटौंडा–६ का मिलन सापकोटाबाट एक हजार रुपैंया सहयोग भएको थियो ।
उनलाई काठमाडौं लैजान एम्बुलेन्सले लैजान नमानेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक सुजन पाठकले गाडिको समन्वय गरिदिएका थिए ।
यो पनि पढ्नुस्
मनकारी विकेस र मिलनले गरे आँखामा चोटग्रस्त बालकलाई आर्थिक सहयोग
सहयोग गर्दै पौडेल
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

















-nepal-1793665142.jpg)
