२६ चैत, हेटौंडा । बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलका दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले मकवानपुरको दुई गाउँपलिकालाई ३ लाख रुपैयाँ सहयोग गरेका छन् ।
नेता बानियाँले मकवानपुरको पश्चिमी क्षेत्रस्थित दुईवटा गाउँपालिका मनहरी र राक्सिराङलाई बुधबार कोरोनाविरुद्धको अभियानका लागि गाउँपालिकाहरुले स्थापना गरेको कोषलाई ३ लाख रुपैया सहयोग गरेका हुन् ।
उनले मकवानपुरकै विकट राक्सीराङ गाउँपालिकालाई २ लाख र मनहरी गाउँपालिकालाई १ लाख रुपियाँ सहयोग गरेका हुन् ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको बढ्दो संक्रमण र जोखिमलाई नियन्त्रण गर्न नेता बानियाँले गाउँपालिका पुगेर त्यहाँ निर्माण भएका आइसोलेशन वार्डको समेत निरिक्षण गरेका छन् ।
मकवानपुर क्षेत्र नम्बर २ (ख) का सांसद समेत रहेका नेता बानियाँले केहीदिन अघि विज्ञप्ती निकालेर घोषणा गरे बमोजिमको रकमको भौचर राक्सीराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीलाई बुधबार हस्तान्तरण गरेका हुन् ।
उक्त अवसमार नेता बानियाँले कोरोनाको बढ्दो संक्रमण र संभावित जोखिमलाई मध्यनजर गर्दै दुवै गाउँपालिकाले निर्माण गरेको आइसोलेशन वार्डको निरिक्षण गर्दै गाउँपालिकाका जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुलाई विशेष धन्यवादसमेत दिएका छन् ।
यसैगरी नेता बानियाँले राक्सीराङ गाउँपालिका ५ बोटबारीका ज्यालादारी र मजदुरी गरेर खाने ३० घरपरिवारलाई खाद्य सामाग्री समेत हस्तान्तरण गरेका छन् ।
लकडाउनको समयमा आर्थिक अवस्था कमजोर भएका र दुईछाक टार्न समेत समस्या परेका ३० घर परिवारलाई राक्सीराङ गाउँपालिकाले विपद व्यवस्थापन कोषबाट खाद्य सामग्री वितरण गरेको हो ।
दुवै गाउँपालिकाको आइसोलेशन वार्ड निरिक्षण तथा रकम हस्तान्तरण कार्यक्रममा कांग्रेसका महासमिति सदस्य रञ्जन कालाखेती, कांग्रेस २ ख को क्षेत्रीय सभापति लोकबहादुर मुक्तान, कांग्रेस मनहरी गाउँपालिका सभापति नारायण उप्रेती, राक्सीराङ ५ का वडा अध्यक्ष चन्द्रसिं प्रजा, राक्सीराङ गाउँपालिकाका कार्यकारी अधिकृत युवराज आचार्यगायतको उपस्थिति रहेको थियो ।
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

















-nepal-1793665142.jpg)
