Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

फिफा वरीयतामा नेपाल १७०औं स्थानमा 

Nepal-football-team-1586486158.jpg

२८ चैत्र, हेटौंडा । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विहीबार जारी गरेको पछिल्लो वरीयतामा नेपालको स्थान यथावत रहेको छ । 
फिफाले जारी गरेको वरीयतामा नेपाल यसअघिकै विश्व वरीयता १७० औँ स्थानमा यथावत रहेको हो । 
दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा छ । भारत र माल्दिभ्स नेपालभन्दा अघि छन् भने बंगलादेश, भुटान पाकिस्तान र श्रीलंका नेपाल भन्दा पछि छन् । 
विश्व वरीयता अनुसार भारत १०८औं र माल्दिभ्स १५५औं स्थानमा यथावत छ । यस्तै बंगालदेश १८७औं, भुटान १८९औं, पाकिस्तान २००औं र श्रीलंका २०६औं स्थानमा छ ।
प्रत्येक एक एक महिनामा सार्वजनिक हुने गरेको फिफाको वरीयता यसपटक दुई महिनामा सर्वाजनिक भएको हो । यसअघि फिफाले फेब्रुअरीमा विश्व वरीयता सार्वजनिक गरेको थियो ।
यसपटकको विश्व वरीयतामा एक टिम बाहेक अरुसबैको वरीयता यथावत रहेको छ । बिहीबार सार्वजनिक वरीयतामा साउथ सुडान बर्मुडा भन्दा अगाडि पुगेको छ । तर दुवैको समा अंक रहेकोले बर्मुडा तल झरेको छैन । साउथ सुडान र बर्मुडा दुवै १६८औं स्थानमा संयुक्त रुपमा रहेका छन् । 
विश्व वरीयतामा भने युरोपियन राष्ट्र बेल्जियम शीर्ष स्थानमा यथावत छ । शीर्ष १० मा पनि कुनै फेरबदल छैन । 
वरीयता अनुसार फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्ल्याण्ड चौथो र उरुग्वे पाँचौ स्थानमा यथावत छ । यस्तै क्रोएसिया छैटौँ, पोर्चुगल सातौं, स्पेन आठौं, अर्जे्न्टिना नवौं र कोलोम्बिया दशौं स्थानमा यथावत छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार