२६ चैत, हेटौंडा । स्थानीय निर्वाचनलाई केन्द्रीत गर्दै नेकपा एमाले हेटौँडा उपमहानगरकपालिकामा चुनाव प्रचारप्रसार कार्यालय स्थापनाको क्रम तिब्र ढंगले अघि बढिरहेको छ ।
शनिबार हेटौँडा उपमहानगरपालिकाको ५ वटा वडाहरुमा कार्यक्रमको आयोजना गर्दै एमालेले आफ्नो चुनावी प्रचारप्रसार कार्यालयको उद्घाटन गरेको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नंबर १, वडा नंबर ११, वडा नंबर १३, वडा नंबर १५ तथा वडा नंबर १८ मा कार्यालयको शुभारम्भ भएको हो । आज भएको १ नंबर वडा भेलाले वडा कार्यालयको उद्घाटन गर्दै कृष्ण प्रसाद न्यौपानेको संयोजकत्वमा ३ सय १ सदस्यीय वडा निर्वाचन परिचालन कमिटि निर्माण गरेको छ ।
एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले जिल्ला सचिव एकालाल श्रेष्ठ, सहसचिव मिना लामा, अनेमसंघकी केन्द्रीय सचिव विष्णु ओझा, नगर सहसंयोजक हरिबहादुर महत लगाएतको उपस्थिती रहेको थियो ।
त्यसैगरी वडा नंबर १३ मा पनि वडा निर्वाचन प्रचाप्रसार कार्यालयको शुभारम्भ भएको हो । एमाले पुर्व सचिव रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मनोज वाईवाको अध्यक्षतामा २ सय ५१ सदस्यीय वडा निर्वाचन परिचालन समिति निर्माण भएको छ । त्यसैगरी वडा नंबर ११ मा पनि वडा निर्वाचन कार्यालय शुभारम्भ भएको हो । कार्यालयको उद्घाटन जिल्ला अध्यक्ष मुनु सिग्देलले गरेकी हुन् । त्यस्तै वडा नंबर १५ चुरीयामाईमा पनि वडा निर्वाचन प्रचारप्रसार कार्यालय निर्माण भएको छ । पर्षबहादुर भुजेलेको संयोजकत्वमा भएको भेलाले उनकै संयोजकत्वमा २ सय ५१ सदस्यीय वडा निर्वाचन प्रचारप्रसार समिति निर्माण गरेको थियो । कार्यक्रममा एमाले जिल्ला अध्यक्ष मुनु सिग्देल, जिल्ला सचिव एकालाल श्रेष्ठ, उपसचिव मिना लामा , एमाले नेताहरु श्रीधर पोखरेल, नविन सिग्देल, सुनिल मोक्तान, प्रेमबहादुर भोम्जन लगाएतको सहभागिता रहेको थियो । त्यस्तै वडा नंबर १८ मा पनि वडा निर्वाचन प्रचारप्रसार कार्यालयको शुभारम्भ भएको छ ।
एमाले क्षेत्र नंबर १ का क्षेत्रीय इन्चार्ज कमल विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले जिल्ला सदस्य अनिल बाँनीया, क्षेत्रीय उपसचिव प्रकाश बाँनीया लगाएतको उपस्थिती रहेको थियो ।
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । प्रहरीले बाँकेबाट पाँच लाख रूपैयाँसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...


















