Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

कोरोना कहरः अमेरिकामा एकैदिन २ हजारको मृत्यु

11-1586568669.png

२९ चैत्र, हेटौंडा । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमणको कारण अमेरिकामा एकैदिन २ हजार बढीको मृत्यु भएको छ ।
यो संख्या एकैदन कोरोना संक्रमणबाट मृत्युभएकाको सबैभन्दा ठुलो संख्या हो । पछिल्लो २४ घण्टामा अमेरिकामा २ हजार ४३ जनाको मृत्यु भएको छ ।
यो सँगै अमेरिकामा कोरोना संक्रमणबाट मर्नेको कुल संख्या १८ हजार ७ सय २५ पुगेको छ । यो सँगै अमेरिका कोरोना संक्रमितबाट मर्नेको संख्यामा इटालीको नजिक पुगेको छ । इटालीमा अहिलेसम्म १८ हजार ८ सय ४९ पुगेको छ ।  
कोभिड १९ को तथ्याङक प्रस्तुत गरिरहेको वल्डोभिटर वेबसाइटका अनुसार अहिलेसम्म अमेरिकामा ५ लाख २ हजार ३ सय १८ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै यहाँ ३३ हजार ७ सय ५२ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै अमेरिकामा २७ हजार ३ सय १४ जना उपचारपछि स्वस्थ्य भएका छन् । 
अमेरिकाका पचास वटै राज्यमा कोरोना संक्रमण फैलिएकोमा न्युयोर्क राज्य सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ अहिलेसम्म १ लाख ७२ हजार ३ सय ५८ जना संक्रमित भएका छन भने ७ हजार ८ सय ४४ जनाको ज्यान गएको छ । 
यसैगरी अमेरिकाको दोस्रो प्रभावित राज्यमा न्यूजर्सी रहेको छ । यहाँ १ हजार ९ सय ३२ जनाले ज्यान गुमाएका छन् भने अहिलेसम्म ५४ हजार ५ सय ८ड जना संक्रमित भएका छन् ।
यस्तै अमेरिकाको अन्य राज्यहरु मिचिगन, क्यालिफोर्निया, मासाचुसेट्स, पेन्सिलभानिया, फ्लोरिडा, इलिनोइस लगाएतमा दिनानुदिन संक्रमित र मृतकको संख्या बढीरहेको छ ।
 

22-1586568670.png

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार