२७ चैत, हेटौँडा । हेटौँडा–१७ चुच्चेखोलामा रहेको दिव्यज्योति आधारभुत विद्यालयमा आइतबार विद्यालय सुधारसम्बन्धी अन्तरक्रिया भएको छ । जनप्रिय स्रोतकेन्द्रका स्रोतव्यक्ति केशवप्रसाद सञ्जेलको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोशन घिमिरेको अध्यक्षतामा कार्यक्रम भएको हो ।
अन्तरक्रियामा विद्यार्थी संख्यामा बृद्धि, नर्सरीदेखि कक्षा २ सम्म अंग्रेजीमाध्यममा अध्यापन, घरदैलो कार्यक्रम, प्रचारप्रसार लगायतका विषयमा अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा विद्यालयको शैक्षिक एवं भौतिक विकासको निमित्त विभिन्न व्यक्तिहरुले सहयोगको घोषणा गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रमेशकुमार घिमिरेले प्लाष्टिकको कुर्सी ५ थान, हरिप्रसाद सिग्देल, रामप्रसाद कँडेल र मुक्तिनाथ गौतमले मासिक एक हजार रुपैँया, शिक्षक पुरुषोतम शर्मा घिमिरे र कर्मचारी बद्री भण्डारीले २ थान पंखा, शिक्षक नवराज पौडेल, शिक्षिका कपिला आचार्य, समाजसेवी रमेशकुमार थापा, अमरबहादुर थापा र गौरीशंकर चौलागाईले १÷१ थान पंखा उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
स्रोतव्यक्ति केशवप्रसाद सञ्जेलले ८ जना विद्यार्थीलाई पोशाक, शिक्षक उद्धवप्रसाद दुलालले ८ जना विद्यार्थीलाई झोला, शिक्षक रोमबहादुर न्यौपानेले ८ जना विद्यार्थीलाई एक बर्षको लागि कपि र कलम दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमबाट विद्यालयका अध्यक्ष रोशन घिमिरेको संयोजक र प्रधानाध्यापक रमेशकुमार घिमिरे सदस्य सचिव रहेको ९ सदस्यीय विद्यालय सुधार सहयोग समिति गठन गरेको छ । समितिको सदस्यहरुमा अमरबहादुर थापा, रमेशकुमार थापा, गोमा काफ्ले, सावित्री वर्तौला, गौरीशंकर चौलागाई, मनकुमारी घिमिरे र उद्धवप्रसाद दुलाल रहेका छन् ।
कार्यक्रममा पूर्व प्रधानाध्यापकहरु माधव पराजुली, हरि सिग्देल, पूर्व अध्यक्ष भैरवबहादुर राई, सञ्चारकर्मी भीमसेन पौडेल, रुपेश दुलाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

-nepal-1792458398.jpg)

_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)













