३० चैत्र, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मर्नेको संख्या १ लाख ८ हजार नाघेको छ ।
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार कोरोना संक्रमणका कारण मर्नेको संखया १ लाख ८ हजार ७ सय ७० नाघेको हो । पछिल्लो २४ घण्टामा मात्रै कोरोनाबाट ६ हजार ८३ जनाको मृत्यु भएको छ ।
यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट विश्वभर कुल १७ लाख ७९ हजार ९९ जना मासिन संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ८० हजार २ सय १८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
संक्रमितहरु मध्ये ठूलो संख्यामा उपचारपछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार ४ लाख २ हजार ७ सय ९ जना उपचारपछि निको भएका छन् ।
यस्तै भाइरसका संक्रमणका कारण अहिले ५० हजार ५ सय ८४ जना गम्भीर अवस्थामा उपचार गराइरहेका छन् भने १२ लाख १७ हजार ३६ जनाको अवस्था मध्यम रहेको छ ।
कोरोनाको संक्रमणबाट पछिल्लो समय सबैभन्दा बढी मानिसको मृत्यु अमेरिकामा भएको छ । अमेरिकामा ज्यान गुमाउँनेको संख्या २० हजार ५ सय ७७ पुगेको छ । पहिलो २४ घण्टामा यहाँ थप १ हजार ८ सय ३० जनाको मृत्यु भएको छ । यो सँगै अमेरीका संक्रमणबाट मृत्युहुनेको पहिलो स्थानमा पुगको हो । यस अघि इटाली सबैभन्दा बढी मानिसको मृत्यु हुनेको पहिलो स्थानमा थियो ।
अमेरिकापछि अहिलेसम्म इटलीमा सबैभन्दा बढीको कोरोना संक्रमणबाट ज्यान गएको छ । यहाँ थप ६ सय १९ जनाको मृत्यु भएपछि कुल १९ हजार ४ सय ६८ जनाको मृत्यु भएको छ ।
इटालीमा पछिल्लो समय ४ हजार ६ सय ९४ जना नयाँ संक्रमित थपिएका छन् । यहाँ कुल १ लाख ५२ हजार २ सय ७१ जना कोरोना संक्रमित पुगेका छन् ।
यसैगरी कोरोनासंग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा ज्यान गुमाउनेको संख्या १६ हजार ६ सय ६ पुगेको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ५ सय २५ जना थप मानिको मृत्यु भएको छ भने ४ हजार ७ सय ५४ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैगरी लगातार मृतक र नयाँ संक्रमित बढिरहेको फ्रान्समा पछिल्लो २४ घण्टामा ६ सय ३५ जनाले ज्यान गुमाएपछि यहाँ मर्नेको संख्या १३ हजार ८ सय ३२ पुगेको छ । यहाँ संक्रमितको संख्या १ लाख २९ हजार ६ सय ५४ पुगेको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ८५ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैगरी कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ९ हजार ८ सय ७५ जनाको मृत्यु भइसकेको छ । यहाँ पनि पछिल्लो समयमा मृतकको संख्यामा बृद्धि भइरहेको छ । बेलायतमा एकैदिन थप ९ सय १७ जनाको मृत्यु भएको छ ।
यसैगरी मध्यपूर्वी एसियाली मुलुक इरानमा ४ हजार ३ सय ५७, बेल्जियममा ३ हजार ३ सय ४६, जर्मनीमा २ हजार ८ सय ७१, नेदरल्याण्डसमा २ हजार ६ सय ४३, ब्राजिलमा १ हजार १ सय ४३, टर्कीमा १ हजार १ सय १ र स्विटजरल्याण्डमा १ हजार ३६ जनाले ज्यान गुमाएका छन् ।
कोरोना भाइरसको उदगमस्थन चीनमा भने नयाँ संक्रमित र ज्यान गुमाउनेको संख्या स्थिर बनेको छ । यहाँ अहिलेसम्म ३ हजार ३ सय ३९ जनाले ज्यान गुमाएका छन् । वितेको २४ घण्टामा चीनमा थप ३ जनाको मृत्यु भएको छ ।
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...




-nepal-1782349446.jpg)











-1780-1781487498.jpg)

