Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेसले जनताको भलो हुने मात्रै काम गर्छ–गृहराज्यमन्त्री बानियाँ

FB_IMG_1491832179605-1491832696.jpg

२८ चैत, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरका सभापति एवं नेपाल सरकारका गृहराज्य मन्त्री ईन्द्रबहादुर बानियाँले काँग्रेसले जनताको भलो हुने काम मात्रै गर्ने बताएका छन् ।
नेपाली काँग्रेस बकैयाँ गाउँपालिका वडा नम्बर १० मन्थलीमा सोमबार कार्यकर्ता भेलामा बोल्दै बानियाँले स्थानीय निर्वाचनमा काँग्रेसलाई जिताउँदा जनताले जित्छन् र जनताको पक्षमा मात्रै काम हुने बताउँदै आउँदा स्थानीय निकायको चुनावमा काँग्रेसलाई भोट हालेर जिताउन आग्रह गरे ।
गृहराज्यमन्त्री बानियाँले ५४ वर्षपछि आफूले मकवानपुरका जनताको मत पाएर सांसद हुँदै दुईपटकसम्म राज्यमन्त्री भएर मकवानपुरको विभिन्न स्थानमा धेरै विकास निर्माणको काम गरेको बताउँदै आफूले कहीँ र कुनैपनि स्थानमा जनताले नाक खुम्च्याउनुपर्ने काम नगरेकोले काँग्रेसले गरेका विकासनिर्माण कार्यको खुलेर प्रचारप्रसार गर्न कार्यकर्ताहरुलाई आग्रह गरे ।
काँग्रेस साविक मन्थली गाविस सभापति भीमबहादुर घिमिरेको सभाध्यक्षता एवं नेपाली काँग्रेस मकवानपुरका सभापति, नेपाल सरकारका गृहराज्यमन्त्री बानियाँको प्रमूख आतिथ्यतामा भएको भेलामा एमाले, राप्रपा, माओवादीलगायत विभिन्न पार्टी परित्याग ३३ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
कार्यक्रममा अतिथिहरु १ नम्बर क्षेत्रीय सभापति दामोदर खनाल, जिल्ला सदस्य कृष्णप्रसाद दाहाल, महासमिति सदस्य धर्मराज लामिछाने, १ नम्बर क्षेत्रीय सचिव सुवातसिं थिङ, क्षेत्रीय नेता मिठाराम दाहाल, क्षेत्रीय सदस्यहरु सञ्जय लामा, सोम तिमल्सिना, कमला वाईबालगायतले मन्तव्य गरेका थिए ।
भेलाले भीमबहादुर घिमिरेको संयोजकत्वमा ४५ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठनसमेत गरेको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार