हेटौंडा–६ चुच्चेखोलाका कृषक ।
२ बैशाख, हेटौंडा । सरकारले लकडाउन घोषणा गरेको दिन बढ्दै जाँदा शहरी क्षेत्रमा दिन कसरी काट्ने भन्ने चिन्ता छ ।
तर मकवानपुरका कृषकमा भने कोरोना संक्रमण र लकडाउनको चिन्ता देखिदैन । काठमाडौंसहित देशका प्रमुख शहरमा तरकारी पुर्याउने मकवानपुरको थाहा नगरपालिकाका कृषकहरु लकडाउनको पालना गर्दै कोरोना संक्रमणको जोखिमबारे सावधानी अपनाएर कृषीकर्ममा व्यस्त छन् । सरकारले भिडभाड नगर्न नभनेकाले एक दुई जना खेतमा गएर काम गरिरहेको थाहा नगरपालिका वडा नम्बर ६ बज्रबाराहीका कृषक कृष्ण बलामीलेबताए ।
‘धेरैजनाले गर्नुपर्ने काम भयो भने दुरी काम गरेर टाढा बसी काम गर्ने गरेका छौं, स्वास्थ्यको ख्याल त गर्नै पर्यो ।’–बज्रबाराहीमै काउलीमा विषादी हाल्दै गरेका नारायण महर्जनले भने । अहिले नयाँ तरकारी लगाउने, गोडमेल गर्ने, धान गोड्ने, मकै गोड्ने लगायतका कृषि कार्य सामान्य अवस्थामा झैं चलिरहेको छ । बाहिरका मानिसहरुसंगको आवातजावतलाई बन्देज गर्दै समूहमा मिलेर काम गर्ने क्रम बढ्दो छ ।
विहादेखि बेलुकासम्म खेतिमै तल्लिन हुँदा लकडाउनमा दिन गएको पत्तै नहुने हेटौंडा–६ चुच्चेखोलास्थित प्रगतिशिल महिला नमूना कृषि समूहकी कल्पना पराजुलीले बताए । ‘तरकारी किन्न आउनेहरुलाई पनि दुरी कायम गरेर दिने गरेका छौं, हामी त सधैं कृषि काममा व्यस्त छौं, लकडाउनमा के गर्ने भन्ने चिन्ता छैन ।’–समूहमै काम गरिरहेकी गायत्री घिमिरेले भनिन् ।
स्वास्थ्यकर्मी पनि कृषकहरुको खेतिकर्ममा कोरोना संक्रमण र लकडाउनले कुनै असर नगर्ने बताउँछन् । कृषि कर्मले शारिरीक व्यायाम हुने भएकाले फाइदै हुने उनीहरुको भनाई छ । कोरोना संक्रमणको जोखिम रोक्न अपनाउनुपर्ने कम्तिमा एक मिटरको दुरी कायम गरेर कृषि कार्य गर्न र मास्क लगाउन कृषकहरुलाई हेटौंडा स्वास्थ्यचौकी चौघडाका प्रमुख टिएन ढुंगेलको सुझाव छ ।
भौतिक दुरी कायम गर्दै सावधानी अपनाएर कृषि कार्यमा जुट्दा लकडाउनमा दिन काट्न सहज भएको उनीहरुको भनाई छ ।
बज्रबाराहीका कृषक नारायण महर्जन ।
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

















-nepal-1793665142.jpg)
