२९ चैत, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ लाई राप्रपाको गढ मानिन्छ । राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापा, जिल्ला अध्यक्ष रामहरी न्यौपाने, ३ नम्बर क्षेत्रीय अध्यक्ष धु्रव सञ्जेल, हेटौँडा नगर अध्यक्ष गुरुप्रसाद सापकोटा हेटौँडा–६ कै हुन् ।
राप्रपाको हेटौँडा नगरमा बलियो उपस्थिति रहेको वडामध्ये यो वडा पनि पर्दछ । त्यसैले धेरैले हेटौँडा–६ मा राप्रपाको चुनावी चलहपहल के छ भन्ने चासो राखेका छन् । ६ नम्बर वडामा राप्रपाले अझै पनि आफ्नो उम्मेदवार चयन गर्न सकेको छैन । वडा सभापति केदार राई र नगर सभापति गुरुप्रसाद सापकोटामध्ये को अध्यक्षको उम्मेदवार बन्ने भन्ने चर्चा वडामा छ ।
प्रतिकुल अवस्थामा नगरमा राप्रपाको उपस्थिति बढाउन महत्वपूर्ण भुमिका निर्वाह गरेका सापकोटा मेयरको आकांक्षी थिए । तर पार्टीबाट उनलाई मेयरको उम्मेदवार बनाउन नसक्ने अवस्था आएपछि वडा अध्यक्षको उम्मेदवार बनाउने कि भन्ने छलफल पार्टीबृत्तमा छ । वडा अध्यक्ष राईलाई उम्मेदवार बनाउनुपर्ने दवाव वडास्तरबाट जिल्ला पार्टी तहमा परेको छ । राई समुदायको बाक्लो उपस्थिति, इमान्दार र कार्यकर्तामा लोकप्रिय छवि भएका उनलाई उम्मेदवार बनाउँदा राप्रपाले जित्ने वडा तहका कार्यकर्ताहरुको दावि छ । अध्यक्षबाहेक अन्य पदमा भने आन्तरिक सहमति भईसकेको राप्रपा स्रोतको भनाई छ ।
‘वडा अध्यक्षसहित सबै पदमा उम्मेदवारको छिनोफानो केही दिनमै हुन्छ ।’–उनले भने–‘सबैसँगको सल्लाहमा अवसर दिने हाम्रो तयारी छ ।’ दुबै लोकप्रिय र जनता कार्यकर्तामा भिजेको भन्दै राईले छिटै उम्मेदवारबारे पार्टीले निर्णय लिने बताए । कार्यकर्ताहरु पुतलीबजारमा रहेको पार्टी कार्यालयमा जम्मा भएर पार्टीका उम्मेदवारलाई विजयी गराउनेबारे चर्चा परिचर्चा गर्ने गरेका छन् । राप्रपाको बाक्लो उपस्थिति भएपनि अहिलेसम्म अध्यक्ष जित्न नसकेकाले यसपटक खाता खोल्ने लक्ष्यका साथ राप्रपा नेता कार्यकर्ता जुट्ने जनाईएको छ ।
२०४६ सालपछि एक पटक नेपाली कांग्रेसको तर्फबाट विरेन्द्र मानन्धर र अर्को पटक नेकपा एमालेको तर्फबाट त्रिविक्रम मानन्धरले अध्यक्षमा जितेका छन् ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







