५ बैशाख, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मर्नेको संख्या १ लाख ४५ हजार नाघेको छ ।
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमणका कारण मर्नेको संखया १ लाख ४५ हजार ४ सय ७० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै संक्रमणबाट ६ हजार ९ सय ९६ जनाको मृत्यु भएको छ ।
यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट विश्वभर कुल २१ लाख ८१ हजार ३ सय ८ जना मासिन संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ९५ हजार २२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
संक्रमितहरु मध्ये ठूलो संख्यामा उपचारपछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार ५ लाख ४७ हजार ६९ जना उपचारपछि निको भएका छन् । यस्तै भाइरसका संक्रमणका कारण अहिले ५६ हजार ६ सय २ जना गम्भीर अवस्थामा उपचार गराइरहेका छन् भने १४ लाख ३२ हजार १ सय ६७ जनाको अवस्था मध्यम रहेको छ ।
कोरोनाको संक्रमणबाट पछिल्लो समय सबैभन्दा बढी मानिसको मृत्यु अमेरिकामा भएको छ । अमेरिकामा ज्यान गुमाउँनेको संख्या २९ हजार ५ सय ६७ पुगेको छ । यहाँ पहिलो २४ घण्टामा यहाँ २ हजार १ सय ७४ जना व्यक्तिको मृत्यु भएको छ । अमेरिकापछि अहिलेसम्म इटलीमा सबैभन्दा बढीको कोरोना संक्रमणबाट ज्यान गएको छ । यहाँ थप ५२५ जनाको मृत्यु भएपछि कुल २२ हजार १ सय ७० जनाको मृत्यु भएको छ ।
यसैगरी कोरोनासंग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा ज्यान गुमाउनेको संख्या १९ हजार ३ सय १५ पुगेको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ५ सय ३ जना थप मानिको मृत्यु भएको छ ।
यसैगरी लगातार मृतक र नयाँ संक्रमित बढिरहेको फ्रान्समा पछिल्लो २४ घण्टामा ७ सय ५३ जनाले ज्यान गुमाएका छन् । यहाँ संक्रमणबाट मर्नेको संख्या १७ हजार ९ सय २० पुगेको छ ।
यसैगरी कोरोना भाइरसको संक्रमणबाट बेलायतमा १३ हजार ७ सय २९ जनाको मृत्यु भइसकेको छ । यहाँ पनि पछिल्लो समयमा मृतकको संख्यामा बृद्धि भइरहेको छ । बेलायतमा एकैदिन थप ८ सय ६१ जनाको मृत्यु भएको छ ।
यसैगरी मध्यपूर्वी एसियाली मुलुक इरानमा ४ हजार ८ सय ६९, बेल्जियममा ४ हजार ८ सय ५७, जर्मनीमा ४ हजार ५२, नेदरल्याण्डसमा ३ हजार ३ सय १५, ब्राजिलमा १ हजार ९ सय ४७, टर्कीमा १ हजार ६ सय ४३, स्विटजरल्याण्डमा १ हजार २ सय ८१ जनाले ज्यान गुमाएका छन् ।
कोरोना भाइरसको उदगमस्थन चीनमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या स्थि तबनेको छ । यहाँ अहिलेसम्म ३ हजार ३ सय ४२ जनाले ज्यान गुमाएका छन् ।
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...








-nepal-1792458398.jpg)









