५ बैशाख, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ ले दक्षिण एसियाका देशहरुमा पनि महामारीको रुप लिएको छ ।
कोरोना सम्बन्धि तत्थ्याङक प्रस्तुत गरिरहेको वेबसाइट वल्डोमिटरका अनुसार दक्षिण एसियाली देशहरुमा सबैभन्दा बढी संक्रमित र मृतकको संख्या भारतमा रहेको छ ।
दक्षिण एसियामा कोरोनाको संक्रमणबाट सबैभन्दा बढी भारतमा ४ सय ४८ जनाको मृत्यु भएको छ । पछिल्लो समय थप २६ जनाको मृत्यु भएपछि भारतमा मर्नेको संख्या ४ सय ४८ पुगेको हो ।
यस्तै भारतमा संक्रमितको संख्या पनि दक्षिण एसियामा सबैभन्दा बढी छ । यहाँ कोरोना संक्रमितको संख्या १३ हजार ४ सय ३० पुगेको छ । पछल्लो २४ घण्टामा मात्रै यहाँ १ हजार ६० जना नयाँ संक्रमित थपिएका छन् । यस्तै भारतमा १ हजार ७ सय ६८ जना उपचारपछि स्वस्थ्य भएका छन् ।
भारतपछि दक्षिण एसियामा कोरोनाको संक्रमणबाट मर्नेको संख्या पाकिस्तानमा बढी छ । पाकिस्तानमा अहिलेसम्म १ सय २८ जनाको ज्यान गएको छ । यहाँ २४ घण्टामा थप १७ जनाको ज्यान गएको छ । यस्तै थप ५ सय ३६ जना नयाँ संक्रमित थपिएसँगै पाकिस्तानमा संक्रमितको कुल संख्या ६ हजार ९ सय १६ पुगेको छ ।
यस्तै बंगलादेशमा कोरोना संक्रमणबाट अहिलेसम्म ६० जनाको मृत्यु भएको छ भने १ हजार ५ सय ७२ जना संक्रमित भएका छन् । वितेको २४ घण्टामा यहाँ १० जनाको मृत्यु भएको छ भने ३ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैगरी अर्को दक्षिण एसियाली मुलुक श्रीलंकामा केही दिन यता कोरोनाको संक्रमणबाट ज्यान गुमाउने र नयाँ संक्रमित बढ्ने क्रम रोकिएको छ । यहाँ अहिलेसम्म ७ जनाले ज्यान गुमाएका छन् भने २ सय ३८ जना संक्रमित छन् ।
दक्षिण एसियाली मुलुक माल्दिभ्समा कोरोना भाइरसको संक्रमणबाट कसैको पनि ज्यान गएको छैन भने संक्रमितको संख्या २५ मात्रै छ । यहाँ पछिल्लो २४ घण्टामा भने ३ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैगरी नेपाल र भुटानमा कोरोना संक्रमितको संख्या केही दिन यता निरन्तर स्थिर अवस्थामा छ । यी दुई मुलकमा पनि अहिलेसम्म कसैको पनि कोरोनाको संक्रमणबाट मृत्यु भएको छैन ।
नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । नेपालमा एक जना उपचार पछि निको भएका छन् ।
यस्तै भुटानमा अहिलेसम्म ५ जनामा कोरोना संक्रमण पाइएकोमा दुईजना उपचारपछि निको भएका छन भने तीन जनाको उपचार चलिरहेको छ ।
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...








-nepal-1792458398.jpg)









