Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अन्तराष्ट्रिय

दक्षिण एसियाः कोरोनाबाट मर्नेको संख्या भारतमा बढी

Sauth-Asia-1587093004.jpg

५ बैशाख, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ ले दक्षिण एसियाका देशहरुमा पनि महामारीको रुप लिएको छ ।
कोरोना सम्बन्धि तत्थ्याङक प्रस्तुत गरिरहेको वेबसाइट वल्डोमिटरका अनुसार दक्षिण एसियाली देशहरुमा सबैभन्दा बढी संक्रमित र मृतकको संख्या भारतमा रहेको छ । 
दक्षिण एसियामा कोरोनाको संक्रमणबाट सबैभन्दा बढी भारतमा ४ सय ४८ जनाको मृत्यु भएको छ । पछिल्लो समय थप २६ जनाको मृत्यु भएपछि भारतमा मर्नेको संख्या ४ सय ४८ पुगेको हो । 
यस्तै भारतमा संक्रमितको संख्या पनि दक्षिण एसियामा सबैभन्दा बढी छ । यहाँ कोरोना संक्रमितको संख्या १३ हजार ४ सय ३० पुगेको छ । पछल्लो २४ घण्टामा मात्रै यहाँ १ हजार ६० जना नयाँ संक्रमित थपिएका छन् । यस्तै भारतमा १ हजार ७ सय ६८ जना उपचारपछि स्वस्थ्य भएका छन् । 
भारतपछि दक्षिण एसियामा कोरोनाको संक्रमणबाट मर्नेको संख्या पाकिस्तानमा बढी छ । पाकिस्तानमा अहिलेसम्म १ सय २८ जनाको ज्यान गएको छ । यहाँ २४ घण्टामा थप १७ जनाको ज्यान गएको छ । यस्तै थप ५ सय ३६ जना नयाँ संक्रमित थपिएसँगै पाकिस्तानमा संक्रमितको कुल संख्या ६ हजार ९ सय १६ पुगेको छ । 
यस्तै बंगलादेशमा कोरोना संक्रमणबाट अहिलेसम्म ६० जनाको मृत्यु भएको छ भने १ हजार ५ सय ७२ जना संक्रमित भएका छन् । वितेको २४ घण्टामा यहाँ १० जनाको मृत्यु भएको छ भने ३ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैगरी अर्को दक्षिण एसियाली मुलुक श्रीलंकामा केही दिन यता कोरोनाको संक्रमणबाट ज्यान गुमाउने र नयाँ संक्रमित बढ्ने क्रम रोकिएको छ । यहाँ अहिलेसम्म ७ जनाले ज्यान गुमाएका छन् भने २ सय ३८ जना संक्रमित छन् । 
दक्षिण एसियाली मुलुक माल्दिभ्समा कोरोना भाइरसको संक्रमणबाट कसैको पनि ज्यान गएको छैन भने संक्रमितको संख्या २५ मात्रै छ । यहाँ पछिल्लो २४ घण्टामा भने ३ जना नयाँ संक्रमित थपिएका छन् । 
यसैगरी नेपाल र भुटानमा कोरोना संक्रमितको संख्या केही दिन यता निरन्तर स्थिर अवस्थामा छ । यी दुई मुलकमा पनि अहिलेसम्म कसैको पनि कोरोनाको संक्रमणबाट मृत्यु भएको छैन । 
नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । नेपालमा एक जना उपचार पछि निको भएका छन् ।
यस्तै भुटानमा अहिलेसम्म ५ जनामा कोरोना संक्रमण पाइएकोमा दुईजना उपचारपछि निको भएका छन भने तीन जनाको उपचार चलिरहेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार