३० चैत, हेटौंडा । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल हेटौंडा उपमहानगर समितिको बृहत तरुण भेला बुधबार हेटौंडामा सम्पन्न भएको छ ।
नेपाल तरुण दल हेटौंडा उपमहानगर अध्यक्ष सुनिल गिरीको सभाध्यक्षता एवं नेपाली काँग्रेस मकवानपुरका सभापति, नेपाल सरकारका गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा कार्यक्रम भएको हो ।
प्रमूख अतिथि गृहराज्यमन्त्री बानियाँले आशन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसलाई चारै क्षेत्रमा जिताउन तरुण दलको भूमिका महत्वपूर्ण हुने बताए । बृहत तरुण भेलामा बोल्दै गृहराज्यमन्त्री बानियाँले अहिले मकवानपुरमा चारैक्षेत्र काँग्रेसमय भएकाले सशक्तरुपमा चुनाव प्रचारप्रसारमा लाग्न तरुण युवाहरुलाई आग्रह गरे ।
काँग्रेसले स्थानीय निकायमा जितेको खण्डमा १० हजार युवाले रोजगारी पाउने र प्रत्येक गाउँपालिकामा २/२ हजार युवाहरु स्वरोजगार हुने अवधारणा ल्याउन लागेको प्रमूख अतिथि गृहराज्यमन्त्री बानियाँले जानकारी दिए ।
कार्यक्रममा अतिथिहरु पार्टीका निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सल्लाहकारद्वय दामोदर सुवेदी, अशोक शाक्य, प्रभात दाहाल, जिल्ला सदस्य एवं प्रवक्ता प्रदिप कोईराला, जिल्ला सदस्यहरु माधव वाग्ले, नारायण उप्रेती, ३ नम्बर क्षेत्रीय सभापति तारानाथ चौलागाई, नगर सभापति आनन्दराम पराजुली, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, तरुण दल जिल्ला सचिव सचित थापा, नगर सचिव दीपक श्रेष्ठ, ४ नम्बर वडा अध्यक्ष कमलराज मैनाली, महिला संघ अध्यक्ष लक्ष्मी श्रेष्ठ, नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडा शिवलगायतले मन्तव्य व्यक्त गरे ।
भेलामा राधाकृष्ण मैनालीसहित विभिन्न पार्टी तथा संगठन परित्याग गरी ७१ जना नेपाल तरुण दलमा प्रवेश गरेका छन् ।
त्यसैगरी तरुण दल बकैया गाउँपालिकाले सुन्दरसिं थिङको संयोजकत्वमा ६० सदस्यीय तरुण चुनाव प्रचारप्रसार समिति बुधबार गठन गरेको छ ।
तरुण १ नम्बर क्षेत्रीय सभापति दामोदर दाहालको सभाध्यक्षता तथा पार्टीका १ नम्बर क्षेत्रीय सभापति दामोदर खनालको प्रमूख आतिथ्यतामा भएको भेलाले थिङको संयोजकत्वमा तरुण प्रचारप्रसार समिति गठन गरेको थियो ।
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । प्रहरीले बाँकेबाट पाँच लाख रूपैयाँसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...


















