३० चैत, हेटौंडा । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल हेटौंडा उपमहानगर समितिको बृहत तरुण भेला बुधबार हेटौंडामा सम्पन्न भएको छ ।
नेपाल तरुण दल हेटौंडा उपमहानगर अध्यक्ष सुनिल गिरीको सभाध्यक्षता एवं नेपाली काँग्रेस मकवानपुरका सभापति, नेपाल सरकारका गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा कार्यक्रम भएको हो ।
प्रमूख अतिथि गृहराज्यमन्त्री बानियाँले आशन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसलाई चारै क्षेत्रमा जिताउन तरुण दलको भूमिका महत्वपूर्ण हुने बताए । बृहत तरुण भेलामा बोल्दै गृहराज्यमन्त्री बानियाँले अहिले मकवानपुरमा चारैक्षेत्र काँग्रेसमय भएकाले सशक्तरुपमा चुनाव प्रचारप्रसारमा लाग्न तरुण युवाहरुलाई आग्रह गरे ।
काँग्रेसले स्थानीय निकायमा जितेको खण्डमा १० हजार युवाले रोजगारी पाउने र प्रत्येक गाउँपालिकामा २/२ हजार युवाहरु स्वरोजगार हुने अवधारणा ल्याउन लागेको प्रमूख अतिथि गृहराज्यमन्त्री बानियाँले जानकारी दिए ।
कार्यक्रममा अतिथिहरु पार्टीका निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सल्लाहकारद्वय दामोदर सुवेदी, अशोक शाक्य, प्रभात दाहाल, जिल्ला सदस्य एवं प्रवक्ता प्रदिप कोईराला, जिल्ला सदस्यहरु माधव वाग्ले, नारायण उप्रेती, ३ नम्बर क्षेत्रीय सभापति तारानाथ चौलागाई, नगर सभापति आनन्दराम पराजुली, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, तरुण दल जिल्ला सचिव सचित थापा, नगर सचिव दीपक श्रेष्ठ, ४ नम्बर वडा अध्यक्ष कमलराज मैनाली, महिला संघ अध्यक्ष लक्ष्मी श्रेष्ठ, नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडा शिवलगायतले मन्तव्य व्यक्त गरे ।
भेलामा राधाकृष्ण मैनालीसहित विभिन्न पार्टी तथा संगठन परित्याग गरी ७१ जना नेपाल तरुण दलमा प्रवेश गरेका छन् ।
त्यसैगरी तरुण दल बकैया गाउँपालिकाले सुन्दरसिं थिङको संयोजकत्वमा ६० सदस्यीय तरुण चुनाव प्रचारप्रसार समिति बुधबार गठन गरेको छ ।
तरुण १ नम्बर क्षेत्रीय सभापति दामोदर दाहालको सभाध्यक्षता तथा पार्टीका १ नम्बर क्षेत्रीय सभापति दामोदर खनालको प्रमूख आतिथ्यतामा भएको भेलाले थिङको संयोजकत्वमा तरुण प्रचारप्रसार समिति गठन गरेको थियो ।
१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...
१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...
१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१४ बैशाख, हेटौंडा । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...
१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...
१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...
१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...
१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...