Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

मकवानपुरमा हिरा लुटपाटमा संलग्न प्रहरी र पत्रकार जेल चलान

Police-ra-Patrakaar-1587173019.jpg

६ बैशाख, हेटौंडा । मकवानपुरमा हिरा लुटपाटको अभियोगमा पक्राउ परेका ३ प्रहरी र एक पत्रकार जेल चलान भएका छन् । उनीहरुलाई मकवानपुर जिल्ला अदालतले शुक्रबार पुर्पक्षका लागि जेल चलान गरेको हो । 
न्यायाधिश डिल्लीरत्न श्रेष्ठको एकल इजलासले प्रहरी समेत रहेका सुर्खेत बीरेन्द्रनगर १२ का २६ बर्षीय सुरेन्द्र बसेल, जाजरकोट शिवालय–२ का २७ बर्षीय बीरबहादुर बस्नेत, दाङको साविक सिउजा गाविस वडा नम्बर २ बस्ने २८ बर्षीय हिमकान्त पुन मगर र पत्रकार समेत रहेका ललितपुर महानगरपालिका भैसेपाटी बस्ने १९ बर्षीय सुजन आचार्यलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।  उनीहरु भीमफेदी कारागार चलान भएका छन् । प्रहरी प्रधान कार्यालयले तीनैजना प्रहरीलाई निलम्बन गरिसकेको छ । 
त्यस्तै, अदालतले थाहा नगरपालिका वडा नम्बर ४ का अमृत थिङलाई २५ हजार धरौटी तारेखमा रिहा गरेको छ । उनी हिरा लुटिएकी मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर ५ चौकिटार गोगनेकी धनलक्ष्मी गुरूङका ज्वाई हुन् । उनले नै हिराबारे प्रहरी र पत्रकारको टोलीलाई जानकारी दिएका थिए । हिराबारे थाहा पाएपछि गुरुङको घरमा हिरा खरिद गर्ने बहानामा पुगेका प्रहरी र पत्रकारको टोलीले चैत ९ गते साँझ हिरा लुटपाट गरेका थिए । हिरा लुटिएको खबरपछि खटिएको ईलाका प्रहरी कार्यालय पालुङको टोलिले उनीहरूलाई पक्राउ गरेको थियो । 
चैत १० गते जिल्ला प्रहरी कार्यालयमा भएको पत्रकार सम्मेलनमा प्रहरीले लुटपाटमा संलग्न र उनीहरूको साथबाट हिरा बरामद ६१.६० क्यारेट एक थान, लोड अवस्थामा रहेको पेस्तोल एक थान, सञ्चारसेट ४ थान, क्यामरा १ थान, मेटल डिटेक्टर १ थान, मोबाइल ६ थान, ल्यापटप १ थान र लुटपाटमा प्रयोग गरेको प्रदेश–३–०१–०१–००२२ च ३३६२ नम्बरको कार समेत सार्वजनिक गरेको थियो । पक्राउ परेका उनीहरूलाई चोरी तथा डाकामुद्धा अन्तरगत मुद्धा ण्अघि बढेको छ ।
यो पनि पढ्नुस्
हिरा लुट्ने प्रहरी र पत्रकार मकवानपुरबाट पक्राउ


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716076886.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश लगायत देशका पहाडी...

थप समाचार