Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

सही सूचनाको अभावमा भयावह अबस्था आउन सक्छः उपाध्यक्ष पोख्रेल

DSC_1859-1587176689.JPG

File Photo

६ बैशाख, हेटौंडा । संवाद समूहले कोरोनाको संकटको समयमा पत्रकारिता क्षेत्रले भोग्दै आएका समस्या र निर्वाह गर्दै गरेको दायित्वका बिषयमा भिडियो संवाद आयोजना गरेको छ । 
संबादमा बोल्दै पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष बिपुल पोख्रेलले अहिलेको संकटपूर्ण अबस्थामा सूचना लिन पत्रकारहरुलाई निकै सकस भएको भन्दै सूचनाका स्रोतहरुले समयमै सही सूचना उपलब्ध गराउन पर्ने बताएका छन् । 
उनले अनपेक्षित रुपमा भोग्न परेको संकटको समयमा सबै पक्ष अलमलमा पर्दा सूचना आदनप्रदानको प्रक्रियालाई भने सवल बनाउनै पर्नेमा जोड दिए । संकटको समयमा सही सूचना नागरिकसम्म पुगेन भने त्यसले झनै भयावह अबस्था सिर्जना गर्ने उनको भनाई छ । 
कोरोना भाईरस संक्रमणको सुरक्षा सर्तकता अपनाउदै सूचना दिने कार्यमा क्रियाशील हुन पत्रकारहरुलाई आग्रह गर्दै उनले सूचना संकलन गर्दा अग्रपंक्तिमा रहने पत्रकारका लागि सरकारले परीक्षण गर्ने र पीपीईको ब्यबस्था गर्नुपर्ने बताए । 
लकडाउन शुरु भएदेखि प्रधानमन्त्री केपी शर्माले ३ पटक सम्बोधन गरे पनि पत्रकार महासंघले सरकारसंग राखेका मागका बिषयमा सम्बोधन हुन नसकेको भन्दै उनले गुनासो पनि गरे ।  
पोख्रेलले नागरिकको सूचनाको हकको सम्मान गर्दै राज्य र उसका सबै निकायले गरिरहेको गतिबिधीका बारेमा नागरिकलाई जनाकारी गराइराख्नु पर्नेमा पनि जोड दिएका छन् । 
उनले लकडाउनका भोलीपल्टदेखि यहाँको शैक्षिक क्षेत्र, व्यापारिक क्षेत्र, स्वास्थ्य क्षेत्र, आर्थिक क्षेत्र कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा राज्यले गृहकार्य गर्नु पर्ने सुझाव दिदै त्यस्ता गृहकार्यको जानकारी नागरिकले पाएमा नगरिकमा आशा जाग्ने र केही गर्न तयार हुने बताए ।
संवादमा पत्रकार महासंघ दाङका अध्यक्ष सबीन प्रीयासन, सामूदायीक रेडियो प्रसारक संघका प्रदेश ५ संयोजक केपी घिमिरे, बि.बि.सि. नेपाली सेवाकी बसुन्धरा गौतम, युगबोध राष्ट्रिय दैनिककी लक्ष्मी आचार्यले लकडाउनको समाय पत्रकारले भोग्नुपरेको समस्या र समाधानका बारेमा चर्चा गरेका थिए । संबाद समूहले यसअघि बिभिन्न पक्षहरुसँग भीडियो कन्फ्रेरन्स मार्फत संबाद गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुर प्रहरीको अपरेसन:चोरी भएको मोटरसाइकल सहित ६ जना पक्राउ
FB_IMG_1716130098525-1716130131.jpg

६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...

संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

थप समाचार