Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

लकडाउनमा घर हिडेकालाई उद्धार गर्दै मकवानपुर प्रहरी

Rahat-Hetauda-1587137581-1587392226.jpg

लकडाउनमा घर हिडेकालाई हेटौँडा ६ मा उद्धार गरी खाजा खुवाउदै

८बैशाख, हेटौँडा । कोरोना भाइरसका कारण देश अहिले लकडाउनमा रहेको छ ।लकडाउनले गर्दा कलकारखान, शिक्षण सस्था,बजार सबै ठप्प रहेको छ ।लकडाउनले गर्दा दैनिक ज्यालामजदुरी गर्ने मानिसहरु समस्यामा परेका छन । शहरमा बिहान बेलुका काम गरेर जिवन निर्वाह गर्ने मानिस लकडाउन लम्बिएसंगै समस्यामा परेका हुन ।

उनिहरु शहरमा जिवन चलाउन कठिन भएपछि आफनै घर र्फकन बाध्य बनेका छन ।लकडाउन लम्बिएसंगै  दैनिक जसो काठमाडौँबाट कान्तिलोकपथ,कुलेखानी,दक्षिणकाली मार्ग हुदै सयौँ मानिस हेटौँडा हेदै पैदल हिडेर घर जानेको संख्यामा बृद्धि भएपछि मकवानपुर प्रहरी र केही सामाजिक संघ संस्था उनिहरुलाई उद्धर कार्यमा लागेका छन ।
लकडाउनमा गाडी नचलेपछी पैदल घर हिडेकालाई मकवानपुर प्रहरीेले केही संघ संस्थाको सहकार्यमा खाजा र खाना खुवाएर सवारीसाधनको व्यवस्था गरेर पैदल यात्रीलाई घर पठाउन काममा लागि परेको हो ।
यसैक्रममा सोमबार मकवानपुर प्रहरीले घरजान पैदल हेटौँडा आइपुरगेका १ सय ८६ जनालाई उद्धार गरी पठाएको छ । जसमा १सय २१ पुरुष र ८५ जना महिला रहेका छन । देशको विभिन्न जिल्ला विशेषगरी दाङ,बाँके, बर्दीया, कैलाली  घर भएका १ सय ८६ जनालाई जिल्लामा क्रियाशिल संघ संस्थाको सहकार्यमा खाना खुवाएर सवारीसाधनको व्यवस्था गरी घर पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सुचना अधिकारी प्रहरी निरीक्षक सुजन पाठकले बताए ।
“देश संकटमा छ ,यस्तो समयमा हामी प्रहरीको नागरीकले पिडा पाएको पिडामा मलम लगाउनु हाम्रो कर्तव्य हो ,खाली खुट्टा, भोकभोकै हिडेकालाई उद्धार गर्नु प्रहरीको नागरीकप्रतिको जिम्मेवारी भएकोले काठमाडौबाट घर हिडेकालाई सकुशल घर पुग्न सकुन भन्दै सहयोग गरेका हौ”– प्रहरी निरीक्षक पाठकले प्रष्ट खबरलाई बताए । प्रहरी निरीक्षक पाठकले प्रहरीले सरकारको निर्णय, स्थानिय जनप्रतिनिधी, लायन्स क्लब सहयोगि मन, श्री कृष्ण प्रणमी समाज ,संचारकर्मीको सहकार्यमा लकडाउनमा घर हिडेकालाई उद्धारगरि घर पठाइएको बताए ।भोको पेट, खालि खुट्टाले मकवानपुरमा आएर उद्दारको पर्खाइमा रहेकालाई केही दिन अघि देखी स्थानिय जनप्रतिनिधी, लायन्स क्लब सहयोगि मन,श्री कृष्ण प्रणमी समाज र हेटौँडा– का स्थानिय र संचारकर्मीले  उद्धारगरी घर पठाउदै आएका थिए ।जनप्रतिनिधी,संघ संस्था र संचारकर्मीको सहकार्यमा साथ दिदै  मकवानपुर प्रहरीले हिजोबाट गरेको उद्धारकार्य सम्मानयोग्य रहेको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुर प्रहरीको अपरेसन:चोरी भएको मोटरसाइकल सहित ६ जना पक्राउ
FB_IMG_1716130098525-1716130131.jpg

६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...

संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

थप समाचार